विक्रम भट्टराईको अध्यक्षतामा शिव कल्चरल एन्ड कम्युनिटी सेन्टरको नयाँ नेतृत्व चयन

SHARE:

लन्डन १७ डिसेम्बर २०२३ ।

बेलायतको अल्डरसटस्थित शिव कल्चरल एन्ड कम्युनिटी सेन्टरको अध्यक्षमा विक्रम भट्टराई चयन भएका छन् ।

शनिबार सम्पन्न सेन्टरको अधिवेशनले सक्रिय अभियन्ता भट्टराईको अध्यक्षतामा सर्वसम्मत् नयाँ कार्यसमिति चयन गरेको हो । सेन्टर स्थापनाकालदेखि नै क्रियशिल रहेर यसअघि उपाध्यक्ष, महासचिवसहितका महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका भट्टराईलाई यसपटक संस्थाको नेतृत्व सुम्पिएको हो ।

दुई वर्षे कार्यकाल रहने गरि निर्वाचित सेन्टरको कार्यसमितिमा हरि भट्टराई उपाध्यक्ष, सुष्मा कुमारी गुरुङ महासचिव, निरज तिवारी कोषाध्यक्ष र किशोर गुरुङ सहकोषाध्यक्ष चुनिएका छन् । त्यस्तै, सदस्यहरुमा मन्दिप शर्मा, अजय थापा, चन्द्र सुन्दास, अनिताकुमारी गुरुङ, खिला कुमारी सुनुवार र अनुराधा सहानी छन् ।

निवर्तमान अध्यक्ष बाचस्पति रेग्मीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा पछिल्लो दुई वर्षे कार्यकालको प्रगति तथा आर्थिक प्रतिवेदनहरुमाथि छलफल गरिएको थियो । नवनिर्वाचित समितिलाई शुभकामना दिंदै एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ, काउन्सिलर जीव बेल्वासे, निवर्तमान अध्यक्ष बाचस्पति रेग्मीलगायतले सफल कार्यकालको कामना गरेका थिए ।

अल्डरसट क्षेत्रमा मन्दिर एवम् सामुदायिक केन्द्र सञ्चालनको सोचसहित स्थानीय नेपाली र भारतीय समुदायको सहकार्यमा सन् २००७ मा शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर स्थापना भएको थियो । सेन्टरले केही वर्षअघि तीन लाख पाउण्डमा मन्दिर भवन खरिद गरी सोही भवनलाई मन्दिरको आकारमा पुननिर्माण गरेपछि त्यसयता नियमित पूजाआजा तथा धार्मिक गतिविधि हुँदै आएका छन् ।

नवनिर्वाचित अध्यक्ष भट्टराईले समुदायभित्रका सबैलाई सम्मान र अपनत्व महशुस् हुने गरी सेन्टरलाई एकबद्ध र समावेशी रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । अल्डरसटमा नेपालीहरुबाटै स्थापित बौद्ध गुम्बासँग समेत सहकार्य र समन्वय गर्दै जाने उनको योजना छ । शिव कल्चरल एण्ड कम्यूनिटी सेन्टर स्थापना हुँदै बेलायती च्यारिटी कमिसनमा दर्ता हुने बेलादेखि नै सदस्यको जिम्मेवारी लिएर मन्दिर भवन खरिद प्रक्रियामा समेत मुख्य भूमिका निर्वाह गरेका भट्टराईले सेन्टरमा सदस्य, सांस्कृतिक विभाग प्रमुख, तीन कार्यकाल महासचिव र उपाध्यक्ष हुदै अन्ततस् अध्यक्षको जिम्मेवारी प्राप्त गरेका छन् ।

कास्की अर्मलाचौरका भट्टराई विगत २३ वर्षदेखि बेलायतमा छन् । श्रीमती पवित्रा र छोराछोरीसंगै अल्डरसटमा बस्दै आएका उनी सामाजिक कार्यहरुमा सधैं सक्रिय रहंदै आएका छन् । वेल्समा निर्माण भइरहेको नेपाली भिलेज यूकेमा मिडिया डाइरेक्टर तथा मानवसेवा आश्रम बेलायत च्याप्टरमा उनी सहसंयोजकको जिम्मेवारीमा छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!