निर्मल पुर्जामगर (निम्सदाइ) लाई मानार्थ विध्यावारिधि

SHARE:

लण्डन २१ डिसेम्बर २०२३ । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जामगर (निम्सदाइ) लाई बेलायतको लोफबोरो विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ । विश्वविद्यालयको दीक्षान्त समारोहमा यसैसाता पुर्जालाई सो उपाधि प्रदान गरिएको विश्वविद्यालयले जनाएको छ ।

उनको अद्वितीय सफलतालाई कदर गर्दै विश्वविद्यालयले सो उपाधि दिएको बताएको छ । पुर्जाले सैन्य सेवा र पर्वतारोहणका क्षेत्रमा पाएको उल्लेखनीय सफलताको कदर गर्दै सो उपाधि दिइएको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पुर्जाले १६ वर्ष बेलायती सेनामा बिताएका थिए । शुरुमा गोर्खा सैन्यमा भर्ती भएको म्याग्दीमा जन्मिएका पुर्जाले बेलायतको विशेष सेना (स्पेशल आर्मी) मा १० वर्ष बिताएका थिए ।

त्यसपछि सैन्यसेवा त्यागेर पर्वतारोहणमा लागेका थिए । उनले सबैभन्दा कम समयमा विश्वका आठ हजार मिटर भन्दा माथिका हिमालहरुको आरोहण गरेर विश्वकीर्तिमान कायम गरेका थिए । उनले पर्वतारोहणका क्रममा अलपत्र परेका पर्वतारोहीहरुको उद्धार पनि गरेका थिए । बेलायती महारानीले उनलाई सन २०१८ मा एमबीई पदवी समेत प्रदान गरिसकेकी छिन् ।

दीक्षान्त समारोहमा पुर्जाले दीक्षित विद्यार्थीहरुलाई ठूलो सपना देख्न अपील गरे । उनले सपना सम्भव छैन भन्नेहरुलाई नसुन्न र आत्मानुशासन र आफ्नो लक्ष्यमा विश्वास गर्न सुझाव दिए ।

सन् २०१२ मा सो विश्वविद्यालयको बिज्नेस स्कुलमा पुर्जा सेक्युरिटी म्यानेजमेन्ट विषयमा स्नातकोत्तर गर्न भर्ना भएका थिए । उनले सन् २०१४ मा सो अध्ययन पूरा गरेका थिए ।

सन् २०२२ मा उनलाई सो विश्वविद्यालयको बिज्नेस स्कुलबाट प्रतिष्ठित अल्मुनाइ अवार्ड पनि दिइएको थियो ।
विश्वविद्यालयले पुर्जासहित अरु पाँच जना विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका महानुभावहरुलाई पनि मानार्थ विद्यावारिधि प्रदान गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!