चितवनको गुम्बालाई घोताने परिवार यूकेले गर्यो ५ लाख १३ हजार ७ सय सहयोग

SHARE:

लण्डन २४ डिसेम्बर २०२३ ।

चितवनको भरतपुर महानगरपालिका -२६ दिव्यनगरस्थित ह्वैव बौद्ध सदन (गुम्बा) को रजत महोत्सव सफल पार्न धम्पुस पोखरी घोताने परिवार यूकेका दाजुभाइ तथा चेलीबेटीहरुले ५ लाख १३ हजार ७ सय ६० रुपैयाँ सहयोग गरेका छन् ।

रजत महोत्सवसहित गुम्बाको अधुरो काम पूरा गर्न र धार्मिक कार्यमा आफ्नो समाजले उक्त रकम सहयोग गरेको धम्पुस पोखरी घोताने परिवार यूकेका अध्यक्ष गोलमान गुरुङले बताए । महोत्सवको अवसरमा कंग्युर पूजापाठ, रजत स्तम्भ निर्माण, गुम्बा परिसरमा ट्र्याक, मिनी किचन तथा भोजनालय भवन विस्तार गर्न, स्मारिका प्रकाशन लगायतका धार्मिक तथा सामाजिक कार्यमा सो रकमको प्रयोग गरिने गुम्बाका अध्यक्ष तथा रजत महोत्सवका संयोजक बुद्धिबहादुर गुरुङले बताए ।

गुम्बाले माघ ८ देखि ११ सम्म विभिन्न धार्मिक, सामाजिक र संस्कृतिक कार्यक्रमसहित रजत जयन्ती मनाउन लागेको जनाएको छ । २०४५ माघ २४ मा उद्घाटन गरिएको गुम्बा दिव्यनगर निवासी गुरुङलगायत सबै जातिलाई जन्मदेखि मृत्युसम्मको सामाजिक परम्परा, संस्कार आदि सम्पन्न गर्ने स्थान भएको छ ।

२०६७ सालमा स्थापित धम्पुस पोखरी घोताने परिवार यूकेले गाउँको टोल, बाटो, कुल मन्दिर निर्माण साथै मर्मत गर्ने, विभिन्न रोगहरुबाट पीडित तथा असहायलाई सहयोग साथै विभिन्न सामाजिक र संस्कृतिक कार्यक्रमहरु गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!