थमन बिक हत्या अभियोगमा सफाइ पाएका एमाले सांसद कोइरीको निलम्बन फुकुवा

SHARE:

काठमाडौं २४ डिसेम्बर २०२३ ।

सशस्त्र प्रहरीका असई थमन बिकको हत्या अभियोगमा सफाइ पाएका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ ।

असई बिकको हत्या अभियोग लागेदेखि नै फरार रहेकै अवस्थामा गएको संसदीय निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कोइरीलाई महोत्तरी जिल्ला अदालतले सफाइ दिएपछि संघीय संसद सचिवालयले आइतबार निलम्बन फुकुवा गरेको हो ।

संसद् सचिवालयका कार्यबाहक महासविच पद्मप्रसाद पाण्डेयले आइतबार सूचना जारी गर्दै कोइरीको निलम्बन फुकुवा भएको जानकारी दिएका छन् । निलम्बन फुकुवा भएपछि अब कोइरीले संसद्‍मा उपस्थित हुन पाउनेछन् । यसका साथै अब उनले संसदीय समितिहरूका बैठकमा पनि भाग लिने बाटो खुलेको छ ।

सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेपछि कोइरीलाई संसद् सचिवालयले २०८० वैशाख १९ गतेदेखि निलम्बन गरेको थियो । तर उक्त प्रकरणमा महोत्तरी जिल्ला अदालतले सफाइ दिएसँगै कोइरीले निलम्बन फुकुवाका लागि कोइरीले संसद् सचिवालयमा निवेदन दिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!