मोना युकेको बार्षिक साधार सभा सम्पन्न

SHARE:

२४ डिसेम्बर २०२४ बेलायत। मोना युकेको बार्षिक साधारण सभा बेलायतको अल्डर्सटस्थित ठमेल रेस्टुरेन्टमा सम्पन्न भएको छ।

उक्त बार्षिक साधारण सभा, आपतकालीन स्तिथिको बारेमा सूचना, आसन ग्रहण, दिप प्रज्वलन र नेपालको राष्ट्रिय धुन बजाएपछि औपचारिक रुपमा शुरु भएको थियो।

मोना युकेको संगठानिक प्रतिवेदन महासचिब बिष्णु भण्डारीले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष राम तिलिजाले प्रस्तुत गरेका थिए। उक्त संगठानिक तथा आर्थिक प्रतिवेदन सर्बसम्मतले पारित भएको छ।

साधारण सभामा म्याग्दीका बिभिन्न नगर पालिका र गाउँ पालिकाका सचिबहरु तथा प्रतिनिधिहरुले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए भने त्यस्तै मोना युकेका मातहतमा रहेका बिभिन्न उपसमितिका सचिबहरुले आ-आफ्नो विभागको प्रतिवेदन प्रस्तुत गरेका थिए।

बार्षिक साधारण सभामा मोना युकेको सामजिक संजालको बारेमा ब्यापक छलफल भएको छ। बाषिक साधारण सभाले सामाजिक संजाल प्रयोग गर्नको लागि कार्यसमितिबाट अनुमति लिने निर्णय भएको छ।

त्यस्तै साधारण सभामा नेपाली बंशजको नागरिकता निरन्तरता संघका अन्तराष्ट्रिय संयोजक योगेन क्षेत्रीले नेपाली बंशजको नागरिकता निरन्तरताको बारेमा बृस्तृत जानकारी गर्दै अभियानलाई सहयोग गर्न अध्यक्ष कुमार फगामीलाई आग्रह गरेका छन।

मोना युके शुभकामना साँझ २०२४ को लागि कलाकारहरु राम गगन, नेसन पुन, दिपा गुरुङ, ललिता पुनलाई निमन्त्रणा दिईएको छ भने बेल्जियम निवासी देबी गर्बुजालाई सम्मान गर्नको लागि निमन्त्रणा दिने निर्णय भएको छ।

बार्षिक साधारण सभामा मोना युकेको मातहातमा रहेको म्याग्दी बेनीमा संचालित अक्षयकोषहरु र स्वस्थ उपचारको लागि संचालित बिभिन्न चन्दाहरुको बारेमा जानकारी गराएका छन। भिभिन्न बिषयमा उठेका प्रश्नहरुको सहजीकरण अध्यक्ष कुमार फगामी, बरिष्ठ उपाध्यक्ष लाल पुन, महासचिब बिष्णु भण्डारी र कोषाध्यक्ष राम तिलिजाले सहजीकरण गरेका थिए।

बार्षिक साधारणमा बिबिसीको सर्वेक्षण २०२० को १०० प्रभावशाली महिला तथा समाजसेवी सपना रोका मगरलाई सम्मान गरिएको छ। रोका मगरले मोना युकेले सन् २०२१ मा नेपाली रुपिया ६ लाख १० हजार आर्थिक सहयोग गरेकोमा हार्दिक धन्यवाद दिदै भविष्यमा पनि सहयोगको अपेक्षा राखेका थिए।

मोना युकेका अध्यक्ष कुमार फगामीले अध्यक्षता गरेको कार्यक्रमलाई महासचिब बिष्णु भण्डारीले संचालन गरेको थिए भने बरिष्ठ उपाध्यक्ष लाल (लालु) पुनले स्वागत मन्तब्य दिएका थिए।

बार्षिक साधारण सभामा गैर आबासीय नेपाली संघ (एनआरएनए) युकेका निबर्तमान अध्यक्ष योगेन क्षेत्री, मोना युकेका निबर्तमान अध्यक्ष ले. रेशम शेरचन, एनआरएनए युकेका निबर्तमान अध्यक्ष तथा मोना युकेका निबर्तमान अध्यक्ष योग कुमार फगामी, निबर्तमान अध्यक्ष तथा संरक्षक दल जुग्जाली, मगर संघ युकेका उपाध्यक्ष होम रोका, नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठान युकेका निबर्तमान अध्यक्ष तथा बर्तमान संरक्षक टंक शेरचन, पुन मगर समाज युकेका निबर्तमान अध्यक्ष तेज राम्जाली, मोना युकेका संरक्षकहरु, सल्लाहकारहरु, कार्यसमितिका सदस्यहरु, मोना युथका का अध्यक्ष प्रविन राना, बिभिन्न नगरपालिका, गाउँ पालिका तथा गाउँका अध्यक्ष तथा प्रतिनिधिलगायत बिभिन्न बुद्धिजीवी तथा प्रबुद्ध व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!