काठमाडौं २९ डिसेम्बर २०२३ ।

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार ललतिपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।
आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारका क्रममा निधन भएको उनले बताए । निधन हुनेहरुमा सुर्खेतका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको बताए । वीरेन्द्र साहको ठेगाना भने डोटी वा अछाम भन्ने स्पष्ट भइनसकेको उनको भनाइ छ ।
प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा२झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनीसमेत गरेका थिए ।






