बालकुमारी घटनामा मारिएका दुई युवाको परिवारलाई सरकारले १०–१० लाख दिने

SHARE:

काठमाडौं ३० डिसेम्बर २०२३ ।

सरकारले बालकुमारीमा भएको घटनामा मृत्यु भएका दुई युवकको परिवारलाई १०-१० लाख रूपैयाँ दिने निर्णय गरेको छ ।

शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई दस-दस लाख रूपैयाँ दिने र घाइतहरूको उपचार सरकारले गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

‘मृतकका परिवारलाई प्रति परिवार १० लाख उपलब्ध गराउने र उक्त घटनामा घाइतेहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ,‌ मन्त्री शर्माको भनाइ छ।

शुक्रबार बिहान ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा २ जना युवकको मृत्यु भएको थियो । बालकुमारी घटनाबारे निर्णय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नै गृहमन्त्रीसहितको ब्रिफिङ समेत लिनु भएपछि मन्त्रिपरिषद्क आकस्मिक बैठक बोलाएका थिए ।

यसैअघि नै जिल्ला प्रहरी कार्यालय ललितपुरका एसएसपी शिद्दिबिक्रम शाह प्रहरी प्रधान कार्यालय नक्साल तानिएका छन् । ललितपुरको बालकुमारी घटनाका कारण उनी प्रहरी प्रधान कार्यालय नक्साल तानिएका हुन् ।

शाहसँगै फिल्ड कमान्डर डीएसपी उमेश लम्साल र पीएसओ निलम्बनमा परेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!