सपना रोका मगरलाई स्वागत तथा सम्मान

SHARE:

लालु पुन – बेलायत

सनिवार ३० डिसेम्बर २०२३ का दिन समाजसेवी सपना रोका मगरलाई तिन गाउँले समाज युकेले बेलायतको क्याम्बर्लीस्थित मिमोसा रेस्टुरेन्टमा स्वागत तथा सम्मान गरेका छन। उनि तिन गाउले समाज युकेको निमन्त्रणामा बेलायत आएकी हुन्।

सपना रोका मगर बृटिश ब्रोड्कास्टिङ्ग कर्पोरेसन (बिबिसी) को सर्वेक्षण अनुसार सन् २०२० मा विश्वका १०० प्रभावशाली महिलाको छनोटमा परेकी थिइन्। उनले उक्त उपाधि नेपालमा रहेका बेवारिसे लासहरुलाई ब्याबस्थापन गरे वापत उक्त विश्वका १०० प्रभावशाली महिलामा छनोट भएकी हुन्।

स्वागत तथा सम्मान कार्यक्रममा तिन गाउँले समाज युकेका अध्यक्ष होम रोका मगरले सपना रोका मगरको जीवन कहानी वाचन गरेका थिए। त्यस्तै समाजसेवी सपना रोका मगरले मानब जीवन तिन वाल्टिन पानी हो भन्दै सपना रोका फाउण्डेसनलाई सहयोग गर्न उपस्थित सम्पूर्ण इष्टमित्रलाई अपिल गरेकी छिन। सोहि कार्यक्रममा अध्यक्ष होम रोका मगरले सपना रोकालाई £५९० हस्तान्तरण गरेका छन।

कार्यक्रममा उपस्थित महानुभाबहरुले सम्पना रोकासंग उनको व्यक्तिगत जीवन तथा सपना रोका फाउण्डेसनको बारेमा अन्तरकृया भएको छ। कार्यकममा “सपना रोका फाउण्डेसन” को आर्थिक संकलनको लागि पनि ब्यापक छलफल भएको छ।

तिन गाउँले समाज युकेका अध्यक्ष होम रोकाले अध्यक्षता गरेको कार्यक्रमको प्रमुख अतिथि सपना रोका मगर थिए भने बिशेष अतिथिमा डा. रुबिना रोका मगरलाई आमन्त्रण गरिएको थियो । मगर संघ युके तथा मोना युकेका बरिष्ठ उपाध्यक्ष लाल पुनले स्वागत मन्तब्य दिएका थिए भने संस्थाका सचिब रबिन्द्र रोकाले संचालन गरेका थिए।

स्वागत तथा सम्मान कार्यक्रममा संस्थापक अध्यक्ष गणेश बूराथोकी , निबर्तमान अध्यक्षहरु थम रोका, बेल बुराथोकी,
महिला सहयोजक अनिता शेर्चन, सल्लाहाकार पुर्ण पुन, खड्क शेरचन, युथहरुलगायत तिन गाउले समाजका सदस्यहरुका झन्डै ५० जनाको उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!