हिमालय जेटले बेलायत-नेपाल उडान सुरु गर्दै

SHARE:

लण्डन ५ जनवरी २०२४ ।

हिमालय जेटले चाँडै लन्डन–नेपाल उडान सुरु गर्ने भएको छ ।

सन् २०२४ सुरुआतसँगै लन्डनसहित पेरिस, फ्याङ्कफर्ट, म्याड्रिड र सिड्नीबाट नेपालका लागि उडान भर्न लागेको हो । सुरुआतका दिनमा बेलायतदेखि नेपालका लागि सातामा ३ वटा फ्लाइट हुनेछन् ।

द्विपक्षीय वायुसेवा सञ्चालन सम्झौता (बासा) लागू भएको २९ वर्षपछि नेपाली मूलका गुरुङ परिवारले द्विपक्षीय वायुसेवा सञ्चालनको जिम्मेवारी लिएका छन् । यातायातको उड्डयन निर्देशालय मार्क बोस्ली फ्रेजका लागि यूके विभाग, यूके प्रमुख एयर हिमालय जेटका सर्भिसेज निगोसिएटर तथा अध्यक्ष दीपेन्द्र गुरुङले विभागीय टोलीको नेतृत्व गरेका थिए ।

गुरुङ परिवार समूहको मेगा जलविद्युत परियोजना, एयरलाइन्स र जग्गा लगायतमा संलग्नता रहँदै आएको छ । नेपालमा हिमालय जेट उडानको खबरले बेलायतसहित यूरोप र अस्ट्रेलियामा बसोबास गर्दै आएका ५ लाखभन्दा बढी नेपाली खुसी भएको कम्पनीले जनाएको छ । हिमालय जेटका यात्रुले तोकिएका पाँचतारे, चारतारे होटल, रेस्टुरेन्टमा विभिन्न सेवामा ७५ प्रतिशतसम्म छुट पाउने छन् ।

हिमालय जेटले गत वर्षको सेप्टेम्बरमा उडान निर्देशक पल अर्गिललाई यूकेका लागि जनरल सेल्स एजेन्ट र नेपालका लागि जोय देवानलाई यूके रुटमा नेपालका लागि नियुक्त गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!