चिम्खोलामा रहेको हिमालयन महिला बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन्न

SHARE:


म्याग्दी ६ जनवरी २०२४ । रघुगङ्गा गाउँपालिका-७ चिम्खोला म्याग्दी अवस्थित हिमालयन महिला बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन्न भएको छ ।

शुक्रबार २० पुस २०८० (५ जनवरी २०२४) मा बुद्धिमाया पहरे पुनको अध्यक्षता र वडाअध्यक्ष थकबहादुर पाइजा रिमको प्रमुख आतिथ्यतामा उक्त साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा लेखा समिति सिर्जना पुन, सचिवको प्रतिवेदन भिमकुमारी गर्बुजा र आर्थिक प्रतिवेदन गंगा पुनले प्रस्तुत गरेका थिए ।

हिमालयन सहकारीको मौज्दात रकम २ करोड ६३ लाख ६४ हजार ९४० मौज्दात, सेयर सदस्य ३८४ र २ करोड १० लाख ११ हजार ६०० ऋण प्रवाह गरिएको रिम पाईजाले जानकारी दिए ।

दूधकुमारी पुनले सन्चालन गरेका सभामा हिस्तोरी पाइजाले स्वागत मन्तव्य राखेकी थिइन् । सभामा टोल नं ५ का सहकारी सदस्यहरुको मौलिक गीत हुँदै टोल न १, ६, ८/९ र सन्चालक समितिका सदस्यले नृत्य प्रस्तुत गरे ।

रघुगङ्गा बहुउद्देश्य सहकारी संस्था लिमिटेड पाखापानीका दिपा पुन, विद्यालय व्यवस्था समिति अध्यक्ष बेग पुन, जिल्ला समन्वय समिति सदस्य धनकुमारी सुनार खाती, भूपू वडाध्यक्ष देउप्रसाद पुन र प्रमुख अतिथि पाइजाले शुभकामना मन्तव्य राखेका थिए ।

सभाध्यक्ष पहरे पुनले साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न ससबै पक्षको सहयोग पाइएको भन्दै खुसी व्यक्तसहित सभा समापन गरिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!