चिसोका कारण जाजरकोटमा थप एक भूकम्पपीडितको मृत्यु, मृतकको संख्या ३६ पुग्यो

SHARE:

काठमाडौं ६ जनवरी २०२४ ।

चिसोका कारण जाजरकोटमा थप एक भूकम्पपीडितको मृत्यु भएको छ ।

भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँ निवासी ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको चिसोकै कारण मृत्यु भएको हो ।

उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । त्यहाँ उपचार नभएपछि उनलाई प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको थियो । तर सुर्खेत पुर्‍याउँदा पनि उनको उपचार सम्भव भएन । शनिबार बिहान उनको ज्यान गयो ।

भूकम्पपछि त्रिपालमुनि चिसोका कारण जाजरकोटमा ३१ र रुकुम पश्चिममा ५ गरी ३६ जनाको मृत्यु भइसकेको छ । हिउँदको कठ्यांग्रिदो चिसोमा त्रिपालमुनि रात कटाउन बाध्य भूकम्प पीडितहरूको ज्यान जाने क्रम रोकिएको छैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!