नेफिन युकेको बैठक सम्पन्न : जुन १६ मा छैटौं महाधिवेशन गर्ने निर्णय

SHARE:

०६ जनवरी २०२४ – बेलायत। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेको बैठक जुम प्रबिधिमार्फत सम्पन्न भएको छ ।

बैठकले नेफिन युकेको छैटौं महाधिवेसन आइतवार १६ जुन २०२४ मा सम्पन्न गर्ने निर्णय गरेको छ। छैटौं अधिवेसन सम्पन्न गर्नका लागि स्थान तथा भेनु बन्दबस्त गर्न सल्लाहकारहरु एकिन्द्र गुरुङ र ज्ञाम गुरुङलाई जिम्मेवारी दिने निर्णय भएको छ।

त्यस्तै छैटौं अधिवेसनको लागि प्रमुख निर्वाचन आयुक्तमा सल्लाहकार एकिन्द्र गुरुङलाई नियुक्त गरिएको छ भने अन्य सदस्यहरुमा निबर्तमान अध्यक्षहरु ले. श्रीप्रसाद लिम्बु, जंग सुनुवार सल्लाहकारहरु विश्वासदीप तिगेला र दुत पुनलाई नियुक्त गरिएको छ।

बैठकले नव निर्वाचित फोनिज युकेका अध्यक्ष वम थापा शुर्यवशी मगर र ग्रेटर नेपाली समाज रसमोरका अध्यक्षमा नेफीन युकेका वरिष्ठ उपाध्यक्ष लिला सेलिङ माबो निर्वाचित भएकामा वधाई ज्ञापन प्रस्ताव समेत पारित गरेको छ ।

नेफिन युकेको स्मारिका प्रकाशनको लागि संस्थाका अध्यक्ष कर्मा पहाडी शेर्पालाई निर्देशक, महासचिब बिमला सेनेलाई प्रधान सम्पादक र नेफिन युकेलाई प्रकासकको जिम्मेवारी दिइएको छ। स्मारिका प्रकाशनको लागि अतिथि सम्पादकमा पत्रकार महसंघका युकेका पुर्व अध्यक्ष नरेश खपाङ्गी मगर, सह–सम्पादकमा अमित थेवे मिहाङ र सल्लाहकार समितीमा एकेन्द्र गुरुङ, दुत पुन, वम थापा शुर्यवशी मगर, डा. सुमाया राई, गोमा राना, नेत्रकला (युमा) लिम्वु र जमुना गर्वुजा पुन मगरलाई मनोनित गरेको छ ।

नेफिन युकेको बिधान लेखन यस कार्यकालमा सम्पन्न भएको हुँदा बिधान संसोधन गर्न नपर्ने बैठकले निर्णय गरेको छ तर भविष्यमा यदि कुनै जातीय संस्थाहरुको विधानमा केहि समस्याहरु पर्न आएको खण्डमा नेफिन युकेलाई जानकारी गराउने र बिधान संसोधन गर्न परे संसोधन गर्ने निर्णय भएको छ।

बैठकमा रंगभेद दिवस सृजनशील समाज युकेसंगको सहकार्यमा गरेर मनाउने कि ? भन्ने बारेमा ब्यापक छलफल भएको छ। बैठकले नेफिन युकेले रंगभेद दिवस १६ अथवा १७ मार्च २०२४ का दिन मनाउने निर्णय गरेको छ ।

त्यस्तै वैठकले ३०औ विश्व आदिवासी दिवस अगस्त ४ तारिक २०२४ का दिन अल्डरसटको द प्यालेस रेस्टुरेन्टमा मनाउने निर्णय गरेको छ ।

नेफिन युकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले अध्यक्षता गरेको बैठकमा स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष लिला सेलिङ माबोले दिएका थिए भने महासचिब बिमला सेनेले संचालन गरेका थिए। बैठकमा निबर्तमान अध्यक्ष जंग सुनुवार सल्लाहाकारहरु डा. सुमाया राई, भक्त बहादुर गुरुङ, एकिन्द्र गुरुङ, र ज्ञाम गुरुङको उपस्थिति रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!