
अंग गर्बुजा – बेलायत
अल्डरसट । गत ६ जनवरी २०२४ शनिबार को दिन अल्डरसट स्थित सुसिमोटो रेष्टुरेन्ट हल 47 Union Street अल्डरसट मा पुन मगर समाज यूकेको अध्यक्ष बल बहादुर पुर्जा मगरको अध्यक्षतामा चौथो कार्यसमितिको प्रथम वार्षिक साधारण सभा सभ्य र भव्यता रुपमा सम्पन्न भएको छ।
समाजका सचिव तुलचन्द्र तिलिजाले संचालन गरेको कार्यक्रम मा यस अवधिभरी केही आपतकालीन समस्या आईपरेमा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी बारेमा जानकारि दिएका थिए। आयोजित कार्यक्रम को पहिलो चरणमा आमन्त्रित नयाँ सदस्यहरु लाई र उपस्थित सदस्यहरु लाई आशनग्रहण गराउदै कार्यक्रम सुरु भएको थियो।
समाजका सिनियर सदस्य कृष्ण बहादुर गर्बुजा ८९ बर्षका बाबा र समाज को बहालवाला अध्यक्ष बल बहादुर पुर्जा मगरले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरि कार्यक्रम उदघाटन गर्दै करपकेली बाबाको फोटोमा सम्मान स्वरुप खादा लगाई माल्यार्पण गर्नु भएको थियो।
कार्यक्रममा सचिव तुल चन्द्र तिलिजाले समाजको सदस्यहरु गुमाएको सम्झना मा १ मिनेट मौनधारण गरेका थिए। त्यस पश्चात उपाध्यक्ष ममता पुन मगर कार्यक्रममा उपस्थिति हुनु असमर्थ भएको हुनाले सचिव आफैले नै कार्यक्रमलाई सम्बोधन गर्दै स्वागत मन्तव्य दिनु भएको थियो। त्यस पछि कार्यक्रम सिधै विषयवस्तुमा प्रवेश हुँदै कोषाध्यक्ष चन्द्रराम खोरजाले बर्ष भरी भएका आम्दानी र खर्चहरु को आर्थिक प्रतिवेदन पेस गरेका थिए। त्यस लगतै महासचिव तुलचन्द्र तिलिजाले वर्षभरी भएका र गरिएका वार्षिक प्रतिवेदन बताउनु भयो। प्रतिवेदनहरु बारे सभामा उपस्थित महानुभावहरुले सर्वसम्मतले ताली बजाई सहमति जनाएका थिए।
चौथो अधिवेशनमा ३१ जना कार्यसमितिका सदस्यहरु गत बर्ष १८/०३/२०२३ को दिन लण्डनमा गठन गरिएको थियो। त्यस पश्चात अध्यक्ष बल पुर्जा मगरको प्रतिवेदनमा विभिन्न संघसंस्थाहरु, सपना रोका, देबि गर्बुजा फाउन्डेसन र नेपाल पुन मगर समाजलाई आर्थिक सहयोग दिएको र अहिले सम्म गरेका र भविष्यमा गरिने भिवी योजनहरुको बारेमा सम्पूर्ण उपस्थित सदस्यहरुलाई जान्कारी गराउनु भएको थियो। दिउँसो को १३:३० बजे टिपनटापन शुरु गरेका थिए। उपस्थित सदस्यहरु ले SUSHI MOTO रेस्टुरेन्ट मा पेयपदार्थ पिउदै एक घण्टासम्म भलाकुसारी गर्दै टिपन टापन लिएका थिए।
दोस्रो चरणमा साधारण बार्षिक सभाको बैठकको एजेन्डा पोईन्टमा पर्वेश गरेका थिए। बिधान सम्बन्धि, भुमे पुजा कहिले र कसरी गर्ने, तिहार देउसी भैलो बारे, हेम बहादुर पुन मगरको शालिक राख्ने बारे छलफल गरियो। सभामा उपस्थित साधारण सदस्यहरुको संस्थाप्रतीको चासो,जिज्ञासा र प्रश्नहरु बारेमा अध्यक्ष बल पुर्जा मगर र सचिव तुलचन्द्र तिलिजाले सुल्झाएका थिए।
बिहान ११: ५० बजेबाट सुरु भएको कार्यक्रम बेलुकीको ५ बजेसम्म भएको थियो। कार्यक्रमको अन्तयमा समाजका अध्यक्ष बल बहादुर पुर्जा मगरले उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै साधारण सभा बिसर्जन गरेका थिए। निर्धारित समयमा सुरु भएको औपचारिक कार्यक्रम पश्चात गरिएको मनोरञ्जन कार्यक्रममा सचिव तुलचन्द्र तिलिजाले उपस्थित दाजुभाई दिदिबहिनीहरुलाई छमछम्ती नचाएर सबैले भरपुर मनोरञ्जन लिएका थिए।






