दाङमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

SHARE:

काठमाडौं १३ जनवरी २०२४ ।

दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।

२३ जना घाइते भएका छन् । मृतकमध्ये हालसम्म ८ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरूमा बाँकेका ६० वर्षका कुसुम बस्नेत, ३० वर्षका रामवरण हरिजन, जुम्ला श्रीढुङ्गाका ४० वर्षका मुनबहादुर राउत, मकवानपुर हेटौडाका ३९ वर्षका शौरभ विष्ट, रुकुमको साविक गोतामकोट गाविसका २५ वर्षका दीपक कामी, काठमाडौँ चन्द्रागिरीका ६४ वर्षका ताराकान्त पाण्डे, भारत विहारका ६७ वर्षका जोगेन्द्र भनिने योगेन्द्र राम र भारत उत्तर प्रदेशका ३१ वर्षका मुने रहेका छन् ।

मुने भनिने व्यक्तिको थरे पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले बताए । मुने भनिने व्यक्तिको थर र बाँकी ४ जना मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको नमस्ते नेपाल यातायातको बस गएराति साढे १० बजेतिर पुलबाट राप्ती नदीमा खसेको थियो ।

धेरैजसोको बसले च्यापिएर मृत्यु भएको छ । प्रहरी निरीक्षक सिंहका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा लगिएको छ । चालकलाई पक्राउ गरिएको र दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको पनि डिएसपी मल्लले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!