लन्डन १३ जनवरी २०२४ । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का संस्थापक र वर्तमान सभापतिसहितका टोलीले स्याङ्जाको साल्मेडाँडास्थित गोर्खा स्मारक पार्कको अवलोकन गरेको छ ।
शनिबार (१३ जनवरी २०२४) गेसोका संस्थापक सभापति पदमबहादु राई , वर्तमान सभापति कृष्णकुमार राई, उपसभापति जीतबहादुर राई तथा कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता डा. गोपाल सिवाकोटी चिन्तनले स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका, साल्मेडाँडास्थित गोर्खा स्मारक पार्कको अवलोकन गरेका हुन् । उनीहरु सबैजना गोर्खा स्मारक पार्कका समेत कार्यसमितिका पदाधिकारीहरु हुन् ।
उक्त अवसरमा पार्कलाई शंकरनाथ रिमालको बृह्त गुरुयोजनाअनुसार छिटोभन्दा छिटो पूर्णता दिने बारेमा आफूहरु एकताबद्ध रुपमा सक्रिय हुने बताएका थिए ।
गेसो टोलीसँगै अवलोकनका क्रममा गोर्खा स्मारक पार्कका स्थानीय पदाधिकारीहरु कृष्णकुमार काउछा मगर र टेकबहादुर गुरुङलगायतको पनि उपस्थिति थियो ।






