प्रेस स्वतन्त्रतालाई सङ्कुचीत गर्ने प्रावधान सच्याउन आग्रह

SHARE:

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ [फोनिज] ले मुलुकी अपराध ९संहिता० ऐन २०७४ का कतिपय प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचीत गरेको निष्कर्ष निकालेको छ ।

फोनिजको सङ्घीय सचिवालयको सोमबारको बैठकले यही भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध ९संहिता० ऐन, मुलुकी फौजदारी अपराध कार्यविधि ९संहिता० ऐन २०७४ र संसद्मा दर्ता भएको वैक्तिक गोपनीयताको हकसम्बन्धी विधेयकका कतिपय प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचीत गरेको निष्कर्ष निकालेको हो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचीत पार्ने प्रावधानलाई संशोधन गरी मुलुकी अपराध ९संहिता० ऐन २०७४, मुलुकी फौजदारी अपराध कार्यविधि ९संहिता० ऐन २०७४ र संसद्मा दर्ता भएको वैक्तिक गोपनीयताको हकसम्बन्धी विधेयकको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधानलाई संशोधन गरी प्रेसमैत्री बनाउनसमेत फोनिजले सरकारसँग आग्रह गरेको छ ।

 

फोनिजले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचीत पार्ने प्रावधानलाई संशोधन गर्न नेपाल पत्रकार महासङ्घलगायत विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने दबाबमूलक कार्यक्रममा पनि उपस्थिति र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!