आइसिसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानको विजयी सुरुवात

SHARE:

काठमाडौं २० जनवरी २०२४ ।

दक्षिण अफ्रिकामा जारी १५औँ संस्करणको आइसिसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले विजयी सुरुवात गरेको छ ।

शनिबार भएको समूह ‘डी’ को खेलमा अफगानिस्तानलाई १ सय ८१ रनले हराउँदै पाकिस्तानले विश्वकपमा विजयी सुरुवात गरेको हो । अफगानिस्तानले भने प्रतियोगितामा निकै खराब ब्याटिङ गर्‍यो । पाकिस्तानले दिएको २ सय ८५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २६.२ ओभरमा १ सय ३ रनमा अलआउट भयो । उसका लागि नौमान साहले सर्वाधिक २६ रन बनाए । बाँकी ब्याटरले भने सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

अफगानिस्तानलाई सस्तैमा समेट्नेक्रममा पाकिस्तानका लागि उबैद साहले चार, मोहम्मद जीशानले तीन तथा अमिर हसन र अहमद हुसेनले एकरएक विकेट लिए । त्यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्कमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन बनायो । उसका लागि ओपनर शाहजैब खानले शतकीय इनिङ खेले ।

१२६ बलको सामना गरेका उनले १० चौका र तीन छक्काको मद्दतमा १ सय ६ रनको पारी खेलेका हुन् । यस्तै, कप्तान साद बेगले ५५, रियाज उल्लाहले ४६, उबैद साहले २२ र शमिल हुसेनले १७ रन जोडे ।

अफगानिस्तानका लागि खलील अहमले १० ओभरमा एक मेडन राख्दै ५१ रन दिएर सर्वाधिक चार विकेट लिए । यस्तै, बसिर अहमदले दुई र नसीर खान मारुफखिल तथा एएम गजन्फरले एकरएक विकेट हात पारे । समूह ‘डी’ मै रहेको नेपालको खेल भने आइतबार छ । समूह ‘डी’ मा रहेको नेपालले पहिलो खेलमा न्यूजिल्याण्डको सामना गर्नेछ । नेपाल र न्यूजिल्याण्डबीचको खेल आइतबार दिउँसो १ः४५ देखि सुरु हुनेछ ।

अहिलेसम्म उमेर समूहको विश्वकपमा न्यूजिल्याण्डविरुद्ध नेपालले दुई म्याच खेलेको छ । जसमा नेपालले दुवै खेल जितेको विगत छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!