जाजरकोटमा भूकम्पपछि त्रिपालमा बस्दै आएका एक बालकको मृत्यु, मृतकको संख्या ३९ पुग्यो

SHARE:

जाजरकोट २१ जनवरी २०२४ ।

जाजरकोटमा भूकम्पपछि त्रिपालमा बस्दै आएका एक बालकको चिसोका कारण मृत्यु भएको छ ।

नलगाड नगरपालिका ४ मानचौरका विजय रावलका तीन महिने छोरा अरुण रावलको चिसोका कारण मृत्यु भएको हो । चिसोले गर्दा निमोनिया भएको र समयमा उपचार नगराउँदा उनको मृत्यु भएको वडाध्यक्ष बद्री पन्तले बताए ।

सामान्य रुघाखोकी ठानेर उपचारमा बेवास्ता गर्दा ती बालकको ज्यान गएको वडाध्यक्ष पन्तले बताए । उनको मृत्युसँगै जाजरकोटमा चिसोका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ । मृत्यु हुनेमा चार बालबालिका र एक सुत्केरी समेत रहेका छन् ।

रुकुम पश्चिमसहित भूकम्पपछि चिसोका कारण ३९ जनाको मृत्यु भइसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!