
कर्मा पहाडी शेर्पा – बेलायत
आईतवार २१ जनवरी २०२४ को दिन साउथ लण्डनको जिगेशोको हलमा ग्रिविच भलिबलको तेश्रो अधिबेशन सम्पन्न भएको छ। तेस्रो अधिबेसनबाट अध्यक्षमा रबिन्द्र रोका मगर निर्वाचित भएका छन भने महासचिबमा उमेश चन ठकुरी पुन: निर्बाचित भयका छन।
दुई चराण गरी समपन्न अधिबेशनको प्रमुख अतिथि नेपाल आदिबासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले बिदेशी भुमिमा रहेर पनि हाम्रो देशको राष्ट्रिय खेल बडो चाशोका साथ पर्बदन गर्दै खेलक्षेत्रबाट नेपाली युवा युवाती ब्यक्तित्यो बिकाससंगै राष्ट्र बिकासमा जोडीएको कार्य भएको बताएका थिए । कलबका संरक्ष बिनोद ज्ञावाली, कमल राना, खडक रेश्मी र सल्हाकार अनिल गुरुङ्ले शुभकामना मन्तब्य दिएका थिए ।
अध्यक्ष रबिन्द्र रोका मगरको अध्यक्षमा रहेको अधिबेशन कलबका उपध्यक्ष कुमार गुरुङ्ले स्वागत मन्तब्य, कोषाध्यक्ष गिरी पुन, बिजय थापाले आर्थिक विवरण पेस गरे थिए भने महासचिब उमेश चन ठकुरीले सन्चालन गरेका थिए। अधिबेशनको बन्द सत्रबाट नयाँ कार्यसमितीमा क्रमस निम्न व्यक्तिहरु सर्बसम्मतद्वारा निर्वाचित भएका छन:
रबीन्द्र रोका मगर अध्यक्षमा, कुमार गुरुंग उपाध्यक्षमा, सरला रोका मगर महिला उपाध्यक्षमा, उमेश चन्द महासचीबमा, अमर गुरुंग सचीबमा, ईछ्या थापा सचीबमा, रस्मी गिरी महिला सचीबमा, गिरी बहादुर पुन कोषाध्याक्षमा, बिजय थापा कोषाध्यक्षमा, रेखा घले सहकोषाध्यक्षमा, सदस्यहरुमा आरती राना मगर, जमुना राना मगर, गंगा गुरुंग, डोर घर्ती, मिन गुरुंग, मधु थापा, निर्मल थापा, मनोज़ गुरुंग, जीत पुन, हर्क गुरुंग निर्वाचित भएका छन भने जीबन गुरुंग म्यानेजरमा निर्वाचित भएका छन
अन्य सदस्यहरुमा
अनिल गुरुंग ब्याबस्थापन सयोजकमा, जीबन थापा सहसंयोजकमा, गौरी थापा महिला संयोजकमा, चन्द्रमान पुन यूबा सयोजकमा तथा 1st टिम क्यप्टेनमा, बशन्त पौडेल यूबा सहसंयोजकमा र सुष्मा बुढ़ाथोकी महिला टीम क्याप्टेनमा निर्वाचित भएका छन।
संरक्षकहरुमा बिनोद ज्ञवाली र कमल राना मनोनित भएका छन भने सल्लाहकारहरुमा कर्मा पहाडी शेर्पा, खड़क रेस्मीमगर राज कटूवाल, संज्य देब श्रेठ र राम कुमार थापा मनोनित भएका छन।







