
लक्ष्मी तामाङ – प्रवक्ता एनआरएनए युके
२६ जनवरी २०२४ -बेलायत। लन्डनमा मृत भेटिएका २५ वर्षीय सन्दीप तामाङको वुवा बेन कुमार तामाङ नेपालमा र बेलायतमा उनी बस्ने घरबेटी सिंहजीसँग सम्पर्क भएको छ ।
पारिवारिक स्रोतका अनुसार तामाङ केही समयअघि ‘स्किल्ड’ भिसामा बेलायत आएका थिए। तामाङको शव बुझ्ने र नेपाल लैजाने वा बेलायतमै अन्त्येष्टि गर्ने जस्ता विषयमा नेपाली दूतावास लण्डनको दायित्व भएको हुदा अहिले यो जिम्मेवारी दुतावासले लिएको छ।
यदि नेपाली दूतावास लण्डनले यो काम गरेन भने एनआरएनए युकेले गर्छ भनेर हामीले उनको बुवा बेन कुमार तामाङलाई बचन दिएका छौं । तपाईंहरुको चासो र सहयोगप्रति आभार ।






