पूर्वराजा ज्ञानेन्द्रले दरबार हत्याकाण्डको बाइस वर्षपछि भने: म र मेरो परिवारबारे भ्रम फैलाइयो

SHARE:

काठमाडौं २७ जनवरी २०२४ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डका विषयलाई लिएर आफ्नो र आफ्नो परिवारबारे भ्रम फैलाइएको बताएका छन् ।

शनिबार वीरगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले ०५८ साल जेठ १९ गते भएको घटनालाई लिएर जालझेल गरी, नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाएको टिप्पणी गरेका हुन् । उनले आफ्नो र आफ्नो परिवारलाई घातक प्रहार भएको पनि बताए ।

उनले भनेका छन्, ‘जेठ १९ २०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाइएको थियो । हामी र हाम्रा परिवारलाई घातक प्रहारहरु पनि गरेका थिए ।’

सत्य सधैँ सत्य नै रहने भन्दै पूर्वराजा शाहले प्रत्यक्षदर्शी हुँदा हुँदै पनि अज्ञानता र छलले अझै पनि बहकिरहेको विषय अन्यायपूर्ण मात्रै नभएर दुर्भाग्यपूर्ण पनि रहेको बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!