फोक्स्टोनमा सुश्री सपना रोका मगरलाई स्वागत सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

SHARE:

क्याप्टेन राम पुन – बेलायत

२५ जनवरी २०२४ का दिन फोक्स्टोन नेपाली समाजले हाल नेपालबाट बेलायत भ्रमणमा आउनु भएको सुश्री सपना रोका मगरलाई स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रम भब्यताकोसाथ सम्पन्न गरेको छ।

म्याग्दीमा जन्मेका सपना रोका मगर सन् २०२० सालमा बृटिश बोर्ड्कास्टिङ कर्पोरेशन (बिबिसी) ले गरेको सर्वेक्षणमा उनि विश्वका १०० प्रभावशाली महिलाहरुको सूचीमा पर्न सफल भएकी थिइन्। सपना रोका मगरले नेपालमा रहेका बेवारिसे लासहरुलाई ब्यबस्थापन गरे वापत उनलाई बिबिसीले विश्वका १०० प्रभावशाली महिला अवार्डले सम्मान गरेको थियो।

सुश्री रोका मगरको केन्ट भ्रमणको अवसर पारेर फोक्स्टोन नेपाली समाजले रोका मगरलाई स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

उक्त कार्यक्रम फोक्स्टोन नेपाली समाजले आफ्नो सदस्यहरुको सहजतालाई ध्यानमा राखी स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रमलाई दुइ चरणमा सम्पन्न गरेको थियो ।

पहिलो चरणमा स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रम आफ्नै समाजको भवनमा दिउसोको खानासहित फोक्स्टोन नेपाली समाजका जेष्ठ नागरिकलगायत अन्य सदस्यहरुसंग सम्पन्न गरेको थियो।

दोस्रो चरणमा स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रम सोहि दिन साँझ लेमन लिफ्ट रेष्टुरेन्ट एण्ड बारमा
दिउसोका कार्यक्रममा उपस्थित हुन नसकेका फोक्स्टोन नेपाली समाजका अन्य सदस्यहरुसंग डिनरसहित सम्पन्न गरेको थियो।

उक्त दुवै चरणको कार्यक्रममा सपना फ़ाउण्डेशनको लागि £१२५३ पाउण्ड तथा अक्षरुपी (एक हजार दुइ सय त्रिपन्न) पाउण्ड समाजले संकलन गर्न सफल भएको थियो। सो रकम सोहि दिनको कार्यक्रममा फोक्स्टोन नेपाली समाजका अध्यक्ष झपिन्द्र थापा मगर जेष्ठ नागरिकका संयोजक शिवधन राईले सपना रोका मगरलाई हस्तान्तरण गरेका थिए ।

स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रममा प्रभावशाली महिला तथा समाजसेवी महिला सुश्री सपना रोका मगरले जिन्दकिको आफ्नो तिता मिठा अनुभबहरु पस्केका थिए भने उपस्थित महानुभाबहरुले प्रेरेणादायी महिला तथा शाहसी महिला भनेर सुश्री सपना रोका मगरलाई प्रशंसा गरेका थिए।

उक्त कार्यक्रम फोक्स्टोन नेपाली समाजका संरक्षक क्याप्टेन राम बहादुर पुन मगरको संयोजकतामा आयोजना भएको थियो। दुवै कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष झपिन्द्र थापा मगरले गरेका थिए भने संचालन महासचिब डा. माहा राईले संचालन गरेका थिए।

कार्यक्रममा मगर संघ युकेका अध्यक्ष सिता पुन मगर, बरिष्ठ उपाध्यक्ष लाल बहादुर (लालु) पुन मगर, उपाध्यक्ष होम रोका मगर, मगर संघ युके, केन्ट शाखाका अध्यक्ष क्याप्टेन नानीबाबु मगर, केन्ट शाखाका पदाधिकारीहरु र सदस्यहरु, फोक्स्टोन नेपाली समाजका ट्रष्टी, सल्लाहकार, पदाधिकारी, कार्यसमितिका सदस्यहरुलगायत धेरैको उपस्थिति रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!