पोखरा २ फेब्रुअरी २०२४ ।

सहारा युकेको टोलीलाई भूतपूर्व खेलाडी मञ्चले सम्मान गरेको छ ।
पोखरास्थित आफ्नै कार्यालयमा शुक्रबार एक कार्यक्रमबीच सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ, पदाधिकारीलगायत सम्पूर्ण सदस्यहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ, सहसचिव मन्जु गुरुङ राई, पूर्वअध्यक्ष ले रि कुसाङ गुरुङ, उनकी पत्नी पन्च गुरुङ, कुमार गुरुङ र श्रीमती मिना गुरुङ सल्लाहकारहरु कृष्ण गुरुङ, मुछेत्र गुरुङ, सहारा यूकेका प्रमुख सल्लाहकार महेश गुरुङ, डाइमन्ड बुद्धिस्ट सेन्टर युकेका अध्यक्ष रहेका सहारा सदस्य तथा सल्लाहकार योगेश गुरुङ, कार्यसमिति सदस्य भोज गुरुङ, मिडिया सेक्रेटरी एवं गोर्खा मिडिया सञ्चालक मिलन तमु, एसके गुरुङलगायत उपस्थित थिए ।
कार्यक्रममा भूतपूर्व खेलाडी मञ्चका पूर्वअध्यक्ष तेजबहादुर गुरुङले १८ औं पोखरा म्याराथन बारे प्रस्तुति राखेका थिए । सहारा युकेका अध्यक्ष कृष्ण गुरुङले संस्थाको तर्फबाट ५० हजार रुपैयाँ सहयोग समेत हस्तान्तरण गरे ।
मञ्चका अध्यक्ष हरि पराजुलीले सञ्चालन गरेको कार्यक्रममा पदाधिकारी, कार्यसमिति सदस्यहरु, पत्रकार र विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता थियो ।






