बेलायत छन्त्याल संघद्वारा जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग

SHARE:

हेम प्रसाद छन्त्याल – नेपाल

शुक्रबार २ फेब्रअरी २०२४, बेलायत छन्त्याल संघबाट संकलित रु १,५०००० (अक्षरुपी १ लाख ५० हजार) सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डसमक्ष हस्तान्त्रण गरिएको छ ।

सोही कार्यक्रममा डायमण्ड बुद्धिष्ट सेन्टर युकेका संस्थापक अध्यक्ष तथा संरक्षक सुमलकुमार गुरुङ र महासचिव हेमप्रसाद छन्त्यालले प्रधानमन्त्री प्रचण्डलाई डायमण्ड बुद्धिष्ट सेन्टर युकेको तर्फबाट रु. ३ लाख रकम हस्तान्त्रण गरेका छन् । उक्त रकमहरु हाम्रो योजना जाजरकोट भूकम्प पीडितहरुको लागि हस्तान्तरण गरिएको हो । प्रधानमन्त्री प्रचण्डले रकम थोरै भए पनि अति नै महत्वपूर्ण रहेको छ भनेका थिए ।

उक्त रकम संकलन गर्नमा सहयोग गर्नुहुने छन्त्याल संघ बेलायतका कोषाध्यक्ष दल खड्का छन्त्याल, महासचिव मिम खड्का छन्त्याल, सहयोगी मनका धनी चन्दादाता दाजुभाइ दिदीबहिनीहरु, नेपाल छन्त्याल संघका अध्यक्ष मोहन बुढाथोकी छन्त्याललाई अध्यक्ष हेमप्रसाद पुनले छन्त्यालले हार्दिक धन्यवाद दिएका छन् ।

सोहीदिन नेपाल छन्त्याल संघका सर्बमान्य व्यक्ति स्वर्गीय दिलबहादुर घरब्जा छन्त्यालको १० औं स्मृति दिवस र फाउण्डेशनको वार्षिक साधारणसभा काठमाडौंस्थित मनमैजु छन्त्याल भवनमा सम्पन्न भएको थियो । नेपाल छन्त्याल संघ र छन्त्याल फाउण्डेशनको संयुत्त कार्यक्रमको छन्त्याल संघ बेलायतका अध्यक्ष हेम प्रसाद छन्त्याललाई विशेष अथितिको स्थान प्रदान गरेका थिए । सो कार्यक्रममा अध्यक्ष छन्त्यालले शुभकामना मन्तव्य राख्ने अवसर दिएकोमा फाउण्डेशनका सचिव तथा पूर्व महासचिव दिपबहादुर भलम्जालगायत आयोजक टिमलाई धन्यवाद दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!