‘अग्र अनुहार’ पुस्तक विमोचन बिथोलेपछि फोनिजको बैठक बस्दै : पत्रकार महासंघ विरूद्ध थप आन्दोलनको कार्यक्रम ल्याउने तयारी

SHARE:

काठमाडौं ११ फेब्रुअरी २०२४ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पत्रकार महासंघ प्रतिष्ठान प्रदेशले प्रकाशित गर्ने पुस्तक विमोचन हुनबाट रोक्न सफल भएपछि महासंघ विरूद्ध थप आन्दोलनका लागि आइतबार साँझ छलफल गरिरहेको जानकारी प्राप्त भएको छ ।
आज दिँउसो पर्यटन बोर्डको हलमा आयोजित ‘अग्र अनुहार’ विमोचन कार्यक्रम बिथोल्न सफल भएपछि फोनिजले देशैभरी आन्दोलनको तयारीमा जुटेको बुझिएको छ । ‘छलफल संघीय कार्यलय अनामनगरमा जारी रहेको फोनिज उपाध्यक्ष अमरध्वज लामाले जानकारी दिए । लामाका अनुसार छलफलमा फोनिज पदाधिकारी सहित घटक संस्था नेवाः पत्रकार राष्ट्रिय दबु आवद्ध पत्रकारहरूको समेत सहभागिता रहेको छ ।

सर्वप्रथम २००८ सालमा पत्रकारहरूलाई सङ्गठित गर्ने सत्यनारायण बहादुर श्रेष्ठ पत्रकार महासंघको संस्थापक अध्यक्ष हुनुपर्ने दाबी गर्दै आएको फोनिजले श्रेष्ठको योगदानलाई छलेर महासंघले ‘अग्र अनुहार’ पुस्तक प्रकाशित गर्ने भएपछि आजको विमोचन कार्यक्रममा अवरोध सिर्जना गरेको थियो । सो क्रममा फोनिज र नेवाः पत्रकार राष्ट्रिय दबुले ‘अग्र अनुहार’ पुस्तकको विमोचन प्रति समेत कब्जामा लिएका थिए ।

“देशभरी आन्दोलनको आव्हान गर्दै आजै विज्ञप्ति आउन सक्छ।” उपाध्यक्ष लामाले हामीसँगको कुराकानीमा जानकारी दिए । लामाका अनुसार प्रतिष्ठान प्रदेश समितिले अटेर गरेर बजारमा ल्याएमा उक्त पुस्तक देशैभरी जलाइने समेत चेतावनी दिए ।

‘गलत र झुठको खोस्टालाई पुस्तक मान्न सकिँदैन । महासंघलाई आजको स्थितिमा ल्याउनुहुने अग्रजहरूको गरिमा धुलोमा मिलाउने काम हामी गर्न दिँदैनौ ।” उनले बताए ।

फोनिजले आजै दिउँसो पर्यटन बोर्डम कोणसभा गरी नेपाल पत्रकार महासंघलाई समस्या समाधान गर्न २४ घण्टाको अल्टिमेटम दिइसकेको छ । महासचिव मिलन लिम्बुले इतिहास सच्याउन र संस्थापक अध्यक्ष टुंगो नलागेसम्म कुनै गतिविधि नगर्न यसअघि पनि पटक–पटक ध्यानाकर्षण गराएको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!