नेपाल मगर काठमाडौँ अर्घाखाँची सम्पर्क समितिको आयोजनामा वनभोज सम्पन्न

SHARE:

काठमाडौं १९ फेब्रुअरी २०२४ । नेपाल मगर संघ काठमाडौँ-अर्घाखाँची सम्पर्क समितिको आयोजनामा वनभोज कार्यक्रम सप्पन्न भएको छ। कार्यक्रममा काठमाडौँ कर्मथलो बनाएका अर्घाखाँचीका मगरहरूको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रिय समिति अध्यक्ष झबेन्द्र बहादुर पुनमगरले मगर उत्थानका लागि सबै एक जुट हुनुपर्ने बताए । “मगर समुदाय जनसंख्याको अनुपातमा तेस्रो स्थानमा भएको सर्वविदित नै छ। मगर समुदायले भाषा धर्म संस्कार, संस्कृति उत्थानका लागि जोड्दै आएका थियो। तर एकाएक मगर संघ कुन दिशा तर्फ लागेको हो सो बारे ठम्याउने अवस्था अहिले छैन,´´ उनले भने, “अब मगर समुदाय एक हुनुको विकल्प छैन ।´

त्यसैगरी अर्घाखाँची को जनगणामै त्रुटी रहेको उनको आरोप छ। अर्घाखाँची जनगणाबारे मिथ्या रहेको बताउँदै भौगोलिक हिसाबमा मगर जनसंख्या अहिलेको जनगणना मिथ्या गरिएको उनले ठोकुवा गरे। “यो जनगणना होइन, मिथ्याङ्क हो, अर्घाखाँचीमा मगरको जनसंख्या हेर्ने हो भने दोस्रो स्थान हुनपर्छ। त्यसो नहुनुमा मिसन २०८४ लाई लक्षित गरी अफवाह फैलाइएको छ।´

त्यस्तै, जनजाति अगुवा, भाषाविद् तथा नेपाल मगर संघ केन्द्रीय समितिका सल्लाहकार बमकुमारी बुढामगरले संघीयता अभ्यासको क्रमममा रहेको बताइन्। “संघीयता अभ्यासको क्रममा छ, यसरी मगरले सत्ता प्राप्तीका लागि भरपूर संघर्ष गर्नुपर्ने छ। संघीयता भनेको मिठो खाने राम्रो बिस्तरामा सुत्ने मात्र होइन, यसको सहि रूपमा प्रयोगमा ल्याउन जान्नुपर्छ। मगर समुदाय सबै ठाउँ छरिएर बसेको छ। हामी जुन सुकै ठाउँ बसे पनि मगरले शासन व्यवस्थाबारे बुझ्न जरुरी छ,´ उनले भनिन् ।

मगरको संस्कृतिबारे आफ्नो धारणा राख्ने क्रममा मगरले चलिआएको रितिथिति अनुसार प्रकृति पूजक भएको उनले बताइन्।
यस्तै, पूवमन्त्री, भाषाविद् तथा नेपाल मगर संघ केन्द्रीय समितिका सल्लाहकार एम.एस. थापाले काईके भाषालाई पनि सम्मान नदिएको मा दुख व्यक्त गरे । कार्यक्रममा अर्घाखाँचीदेखि काठमाडौँ आएर शाखा अधिकृत, खरिदार तथा खेलकुद क्षेत्रमा सफल हर भएका मगरहरूलाई बम कुमारी बुढा मगरले सम्मान गरेका थिए ।

कार्यक्रमको उद्घाटनको अवसरमा संघका उपाध्यक्ष सञ्जय रेश्मी मगरले मगर हितका लागि एक भएर लाग्नुपर्ने बताए। साथै, सोही अवसरमा संघको २५औँ वर्षको अवसर पारेर `बुकी नामक´ पत्र प्रकाशन भएको थियो। सो बुकी प्रकाशन नेपाल मगर संघ ज्ञानेन्द्र पुन मगरले उद्घाटन गरेका थिए। संघका अध्यक्ष नरेश छहारी मगरको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन प्रेम पुन मगरले गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!