एटा संवाददाता
लन्डन । १२ औं रेडिङ्ग कप मंगोलियन भाञ्जाले जितेको छ ।
रेडिङ नेपाली कम्युनिटीद्वारा गत २५ अगस्टका दिन रेडिङस्थित पाल्मर पार्कमा आयोजित कपमा जिग्गी बोईज उपविजेता बन्यो । विजयी टिम मंगोलियन भाञ्जालाई १६०० पाउन्डसहित ट्रफी प्रदान गरिएको थियो भने उपविजेता जिग्गी बोईजले १००० पाउन्ड हात पार्यो ।
प्रतियोगितामा बेलायतका विभिन्न सहरबाट २४ वटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगितामा जिग्गी बोईजका सुरज थापा उत्कृष्ट खेलाडी बन्न सफल भए भने मंगोलियन भाञ्जाका ईदान राई वेष्ट स्कोरर बने । यसैगरी जम्मा ६ वटा टिम रहेको भेटरेनतर्फको खेलमा ब्रिगेड बोईज क्लबले विजयी हासील गरे भने क्वीन्स एभिन्यु फुटबल क्लब उपविजेता बने उनीहरुलाई क्रमशः १००० पाउन्ड नगद र ५०० पाउन्ड नगदसहित ट्रफीहरु प्रदान गरिएको थियो । खेलमा बीबीसीका सुरज गुरुङ उत्कृष्ट खेलाडी र बीबीसीकै मिलन राई वेष्ट स्कोरर बने ।
सन् २००७ देखि सुरु भएको रेडिङ कप नेपाली समाजले हरेक वर्ष आयोजना गर्दै आएको छ । प्रतियोगितामा नेपाली स्वयंसेवक स्वास्थ्यकर्मीहरुद्वारा निःशुल्क स्वास्थ्य परीक्षण, विभिन्न, नेपाली परिकारका खानापिना तथा नेपाली पहिचानका सामाग्रीको प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा समाजका उपाध्यक्ष सुशीला गुरूङ र सल्लाहकार ढक गुरुङले स्वंयसेवकहरुलाई बिहानको खाजाको प्रायोजन गरेका थिए भने सल्लाहकार अर्जुन बस्नेतको नेतृत्वमा रेडिङ आमा समूहकी अध्यक्ष चन्द्रा पुन, समाजका उपाध्यक्ष दिपक गुरूङ लगायतको सहयोगमा दिनभर नै नेपाली परिकारका खानाको व्यवस्थापन गरिएको थियो । सल्लाहकार रामेश्वर थापालगायतले राफल ड्र संचालन गरेका थिए । त्यस्तै संस्थाका कोषाध्यक्ष टेक गुरुङ, सहकोषाध्यक्ष चेत रेगामी, सचिव ईमान सिंग राईलगायत कार्यसमिति सदस्यहरु होम राना, तुलबहादुर गुरुङ, सिद्धान्त घिमिरे, कल्पना पण्डित, सरोज थापा, करुण अधिकारी र बिक्रम श्रेष्ठलगायतको सक्रिय सहभागितामा प्रतियोगिता सम्पन्न भएको थियो । त्यस्तै, महासचिव ओमकार अधिकारीको साथमा सल्लाहकार नारद भण्डारी, क्षेत्री समाज बेलायतका महासचिव कुमार केसी र उपाध्यक्ष प्रतिमा केसीको समेत कन्ट्रोल टेन्टमा विशेष भूमिका रहेका थिए ।
प्रतियोगितालाई एनआरएनए अग्रज विश्वआदर्श पण्डित र एनआरएनए युकेकी उपाध्यक्ष पुनम गुरुङले संयुक्त रुपमा गरेका थिए । कार्यक्रमको अन्तिममा रेडिङ नेपाली समाजका अध्यक्ष कृष्ण न्यौपानेले सबैलाई धन्यवाद दिएका थिए । सो खेललाई उपाध्यक्ष यादव श्रेष्ठले संचालन रेडिंग कप सफलतापूर्वक सम्पन्न भएकोमा खुसी ब्यक्त गर्दै सफल पार्न योगदान गर्ने स्वंयसेबक, सौजन्यदाता, खेलाडी, दर्शक र शुभचिन्तक सबैलाई धन्यवाद ज्ञापन गर्दै औपचारिक रुपमा रेडिंग कप २०१८ समापन भएको घोषणा गरे । संस्थाका उपाध्यक्ष यादव श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको सो १२ औं रेडिङ्ग कपको संचालन भने महासचिव अधिकारीले गरेका थिए ।






