धुमधाम साथ मनायो मगर संघ युकेले ४२औँ मगर दिवस

SHARE:

लण्डन २५ फेब्रुअरी २०२४ । मगर संघ युकेले बेलायतमा ४२औँ मगर दिवस धुमधाम साथ मनाएको छ । अल्डरसटस्थित एम्पायर हलमा शनिबार आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास लण्डनका उपनियोग प्रमुख रोशन खनाल थिए भने बिशेष अतिथिहरु, रसमोर काउन्सिलका मेयर काउन्सिलर क्लाइभ ग्राटन, मगर संघ युकेका संरक्षक घन थापामगर, गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहामगर, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, बीबीसी १०० प्रभावशाली महिलामा परेकी सपना रोका, मगर अन्तर्राष्ट्रिय महासंघका महासचिव वीरमान घर्तीमगर, मगर संघ बेल्जियमका अध्यक्ष लोक राना, मगर संघ युकेका पूर्व अध्यक्षहरू लगायतबिभिन्न संघ संस्थाहरुको अध्यक्षहरु र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका संयोजक उपाध्यक्ष रुद्र थापाले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने कार्यक्रमको सन्चालन महासचिव गुमानसिंह थापा र सचिव गोमानसिंह पुनले गरेका थिए । कार्यक्रममा संघका विभिन्न शाखाहरू र सम्वद्ध संस्थाहरूले झाँकी र नृत्य प्रस्तुत गरेका थिए जसमा प्लमस्टिड शाखाले मारुनी नाच, युएचएचएसबी शाखाले कौरा नाच, लण्डन शाखा र पुन मगर समाज युकेले पुर्ख्यौली सोरठी नाच, रेडिङ शाखाले कौरा नाच, वेम्ली शाखाले घाटु नाच, केन्ट शाखाले हुर्रा नाच, वेल्स शाखाले झ्याउरे नाच, स्वीण्डन शाखाले कौरा नाच, वेष्ट लण्डन शाखाले सालैजो नाच, इष्टली विन्चेष्टर शाखाले झ्याउरे नाच, खामभाषी मगर समाज युकेले सरन्या नाचका साथमा झाँकी प्रस्तुत गरेका थिए भने मगर धनुषवाण समाज युके, मगर बुद्धिष्ट सोसाइटी युके, मगर महिला संघ युके, मिडल्याण्ड शाखा, क्याट्रिक शाखा, पुन समाज युकेले झाँकी प्रदर्शन गरेको थियो ।

कार्यक्रममा मगर युथ तथा मिफुररुङ युथ टीमले मगर सँस्कृति झल्काउने पोशाक, भाषा र फेसन सो प्रस्तुत गरेका थिए । यस्तै, विभिन्न क्षेत्रमा प्रगति गरेका महानुभावहरूलाई सम्मान गरिएको थियो । जसमा बेलायत भ्रमणमा रहेका बीबीसी १०० प्रभावशाली वीमेनमा परेकी सपना रोका, लाहुरेनीको कथा परियोजनाकी सुजना श्रीश, पर्वतारोही हरिकृष्ण थापालगायत रहेका थिए ।

मगर दिवसमा अध्यक्ष सिता पुनले पुरुषतर्फ मगर संघ युकेका हाउजिङ कोषाध्यक्ष थम रोका मगर र महिला तर्फ सांस्कृतिक सचिब सरु राना (ट्यानयाङ) मगरलाई मगर संघ युके “बर्ष पुरुस्कार” द्वारा सम्मान गरेका थिए।

कार्यक्रममा नेपाली दुताबास लण्डनका उपनियोग प्रमुख रोशन खनाल, गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगर, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, मगर संघ युकेका संस्थापक अध्यक्ष थर्क राना, बीबीसी १०० प्रभावशाली महिलामा परेकी सपना रोका, मगर अन्तर्राष्ट्रिय महासंघकी महासचिव वीरमान घर्तीमगर, मगर संघ बेल्जियमका अध्यक्ष लोक रानालगायतका शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा मगर महिला संघ बेलायतले राफल ड्र गराएको थियो । अध्यक्ष सीता पुनले कार्यक्रमको समापन गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!