गोरेबहादुर खपाङ्गी स्मारिका विमोचन

SHARE:

एटा संवाददाता
काठमाडौं । गोरेबहादुर खपाङ्गी फाउन्डेशनद्वारा ‘गोरेबहादुर खपाङ्गी स्मारिका–२०७५’ गत सोमबार २७ अगस्टका दिन एक कार्यक्रमबीच काठमाडौंमा विमोचन भएको छ ।
गोरेबहादुर खपांगीको दोस्रो स्मृति सभामा बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय थम माया थापा मगरले एक कार्यक्रमबीच प्रज्ञा भवन कमलादीमा बिमोचन गरेका हुन् ।

नेपाल जस्तो जातीय विविधतायुक्त भएको देश जातीयमुक्तिविना बर्गिय मुक्ति सम्भव छैन भन्ने कुरामा अडिग खपाङ्गी आफ्नो धारणालाई नेपालको कुनाकाप्चामा मात्र नभई अन्र्तराष्ट्रिय जगतमा समेत फैलाउन प्रयासरत थिए । खपाङ्गीका बारेमा विभिन्न लेखरचना र स्वयम् आफूले दिएको अन्तरवार्ता मन्तब्यलगायत सहकर्मीहरुको भनाइलाई समेटेर स्मृतिग्रन्थ प्रकाशन गरिएको हो ।

फाउन्डेशनले खपाङ्गीको विचारप्रति आस्था र विश्वासका साथ उनको उपचारका क्रममा र फाउन्डेशनलाई प्राप्त विभिन्न संघसंस्था, तह र तप्काका व्यक्तिहरुको ऐतिहासिक सहयोगप्रति फाउण्डेशन हार्दिक आभार प्रकट गर्दै उल्लेखनिय सहयोगको विश्वास व्यक्त गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!