सत्यवती समाज युकेद्वारा मिर्गौलापीडित गायक प्रसाद खप्तरीलाई ३ लाख ६५ हजार सहयोग

SHARE:

काठमाडौँ २७ फेब्रुअरी २०२४ । दुवै मिर्गौला बिग्रिएर डायलसिस गराइरहेका लोक गायक प्रसाद खप्तरी मगर (तुलप्रसाद थापा)को उपचारार्थ युकेबाट सहयोग प्राप्त भएको छ ।

सत्यवती समाज युकेका निवर्तमान अध्यक्ष छविलाल रेगामी थापामगरले संस्थाको तर्फबाट सोमबार सामाखुसी कपुरधारास्थित बासस्थान पुगेर ३ लाख ६५ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । युकेमा बसोबास गर्ने लुम्पेक, लिम्झा, पम्फुका गाउँका आफन्तहरू ३४ जनाले सहयोग गरेका हुन् ।

छविलाल रेगामी थापामगर ३०१ पाउन्ड, डम्बरबहादुर रेगामी थापामगरले २३८ पाउन्ड तथा अन्यले कम्तीमा २१ देखि ३०० पाउन्डसम्म सहयोग गरेका छन् ।

गुल्मी सत्यवती गाउँपालिका-४ घर भएका गायक मगरको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने र त्यसका लागि रकम नभएको भन्दै सहयोगका लागि याचना गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!