प्रधानमन्त्री रारामा, नयाँ वर्षमा सन्देश दिने

SHARE:

मुगु । डोल्पालीसँगको भेटघाटसँगै त्रिपुरासुन्दरी मन्दिरको दर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओली नेपालको ठूलो ताल रारामा आइपुगेका छन् ।

नयाँ वर्ष वैशाख १ गते ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ उद्घाटन गर्न प्रधानमन्त्री ओली शुक्रबार अपराह्न यहाँ आइपुगेका हुन् । उनले आजै डोल्पाको शे–फोक्सुण्डो र ढोरपाटन शिकार आरक्ष अवलोकन गरे । राराताल पुगेका प्रधानमन्त्रीको रात्रिबास भने श्रीदल गुल्म रारामा हुने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा रेग्मीले जानकारी दिए ।

शर्माका अनुसार आज नै कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक रारामा बसेको थियो । शनिबार बिहान ८ बजे प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गरी हुम्लाको हिल्सा अवलोकन गरेर ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार अपराह्न ३ बजे प्रधानमन्त्री ओलीको अध्यक्षतामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको तेस्रो सिनेट बैठक पनि बस्ने छ । प्रधानमन्त्री ओलीसँगै रक्षामन्त्री ईश्वर पोखेरल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नगारिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, पूर्वमन्त्री जनार्दन शर्मा, कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनाल, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रदेश सरकारका मन्त्रीलगायत, सांसद, स्थानीय सरकारका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी रहेका छन् ।

यसैबीच, नयाँ वर्षका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको राराबाट शनिबार बिहान देशबासीका नाममा सन्देश दिएका छन् । उनलाई शुक्रबार कर्णाली प्रदेशको मन्त्रिपरिषद्का निर्णयहरु प्रदेशका मुख्यमन्त्रीबाट हस्तान्तरण गरिएको थियो ।

प्रकाशित : ३० चैत २०७४

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!