राई जातिको विवाह तथा मृत्यु संस्कार नेपालमा

SHARE:

गुरुङ रामप्रकाश समथिङ

नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार राई जातिको जनसंख्या महिला ३ लाख २६ हजार ९७ जना र पुरुष २ लाख ९३ हजार ९ सय ७ जना गरी जम्मा ६ लाख २० हजार ०४ जना रहेका छन् । २०४८ सालको राष्ट्रिय जनगणना अनुसार महिला २ लाख ६६ हजार ६ सय २९ जना र पुरुष २ लाख ५८ हजार ९ सय २२ जना गरी जम्मा ५ लाख २५ हजार ५ सय ५१ जना थियो भने २०५८ सालको राष्टिय जनगणना अनुसार जम्मा ६ लाख ३५ हजार १ सय ५१ जना थियो ।

२०५८ सालको राष्ट्रिय जनगणनामा पनि याक्खाहरुको जनसंख्या जोडिएको थिएन । २०६८ सालको राष्ट्रिय जनगणनामा पनि याक्खा, चाम्लिङ, साम्पाङ, खालिङ, थुलुङ र बान्तावा आदिको संख्या थप नगरी छुट्टै समावेश गरेको छ ।

किरात धर्म मान्ने राई जाति नेपालको पूर्वी पहाडको पल्लो किराँत, वल्लो किराँत र माझ किराँतमा पर्ने पाँचथर, इलाम, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, धनकुटा, ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, खोटाङ र उदयपुर जिल्लाहरु मुख्य बसोबास रहेको क्षेत्र हो । ती बाहेक अहिले नेपालको अधिकांश ठाउँहरुमा बसाई सरी बस्न थालेका भेटिन्छ ।

हरेक राई जातिका मान्छेहरुले कम्मरमा खुकुरी भिर्नु भनेको राईहरुको विशेषता हो । गाउँघरमा बस्ने राईहरुले कम्मरमा खुकरी भिरेता पनि शहर बजारमा बस्नेहरुले खुकुरी भिरेको देखिन्न । राई जातिमा विशेष गरी केटा र केटी मन परापर भएपछि विवाह गर्ने चलन रहेको पाइन्छ । माया प्रेमकै शिलशिलामा कारणबश केटीले गर्भ बोकीहालेमा त्यो केटाले बिहे गर्नु पर्छ । यदि केटाले बिहे गर्न नमानेमा केटी पक्षलाई सुत्केरी खर्च तिर्नु पर्ने हुन्छ । नेपाल सरकारले जनजातिको सूचीकृत गरेको उन्नानसाठी जाति मध्ये केही जातिमा दाजु मरेमा भाइले भाउजुलाई श्रीमतीको रुपमा स्वीकार गर्ने चलन थियो । त्यस्तै राई जातिमा पनि यो विधवा भाउजु स्याहार्ने चलन थियो । तर ऐले भाउजु स्याहार्नुको सट्टा अन्तरजातीय विवाह गर्ने गर्दछ । सायद शिक्षाको कारणले होला । राई जातिको युवाहरुमा ऐले विधवा भाउजुलाई विवाह गर्नुको सट्टा आमा सर्‍ह मान्ने संस्कार बढेको देखिन्छ ।

किराँत धर्म मान्ने राई जातिमा पनि मानिसको मृत्यु भएपछि बन्दुक पड्काउने परम्परागत संस्कार रहेको छ । बन्दुक पड्काउनु भनेको मानिसको मृत्यु भयो भनेर जनाउ दिनु र मलामी बोलाउनु पनि हो । तर अहिले मान्छे मर्दा बन्दुक पड्काएको सुनिदैन । सम्भव भएसम्म राई जातिमा मरेको लासलाई आफ्नै घर नजिकैको जमिनमा लगेर गाड्ने चलन रहेको छ । गाउँ घरमा प्रशस्त जग्गा जमिन भएकोले आफ्नैm जमिनमा गाड्ने चलन भएता पनि शहर बजारमा एउटा मात्रै घर बनाएर बस्ने भएकोले त्यसरी जमिनमा गाड्नुको सट्टा नजिकै रहेको खोलामा लगेर जलाउने गरेको पाइन्छ । धेरै जसो ठूला राई बस्तिहरुमा मानिस मर्दा अन्तिम संस्कार गर्नका लागि भनेर सामूहिक चिहानघारीको लागि जग्गा छुट्याइएको हुन्छ । लासलाई घरबाट निकाली सकेपछि जंगलतिर लिएर जादा केही जनाले हातमा खुँडा, खुकुरी, तरबार र बन्दुक बोकी कराउदै लैजाने गर्दछ । जंगलमा लगी सदगद गरेर घर आई पुगेपछि जति सक्दो जाँड, रक्सी र खाजा ख्वाउने गर्दछ । मरेको तीन, चार, सात र दश दिनसम्म किरिया बारी शुद्ध हुने चलन राई जातिमा रहेको छ ।

राई जातिभित्र धेरै खाले थर (पाछा) हरु हुने भएकोले पाछा अनुसार फरक–फरक तरिकाहरुले मृत्यु संस्कारको अन्तिम संस्कार गर्ने चलन रहेको छ । त्यसैले पनि एकै प्रकारले मृत्यु संस्कार गरेको देखिन्न ।
सन्दर्भ सामाग्री
१ लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरद्धारा प्रकाशित– पाँचथरका आदिबासी जनजातिहरु जेष्ठ–२०६६
२ लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपरी गुरुङद्धारा प्रकाशित तमु (गुरुङ) साँस्कृतिक दिग्दर्शन–असोज २०६८
३ लेखकद्धय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार (हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडौद्धारा प्रकाशित नेपालका जनजातिहरु बैशाख–२०५७
४ लेखक मधुसुदन पाण्डेय, पैरबी प्रकाशनद्धारा प्रकाशित नेपालका जनजातिहरु– २०६१
५ सम्पादक पवन चामलिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्धारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण सँस्कृति विशेषाङक, अप्रिल– सन १९९९
०६ लेखक डा.हर्क गुरुङद्धारा लिखित नेपाल आदिबासी जनजाति महासंघद्धारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६
(अर्को अंक लिम्बू जातिको बारेमा लेख प्रकाशन गरिनेछ ।)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!