किरात राई यायोक्खा बेलायतले २५ मेमा साकेला उभौली मनाउने

SHARE:

लन्डन ९ मे २०२४ । बेलायतमा रहेका किरात राई समुदायले आगामी मे २५ शनिबारका दिन साकेला उभौली पर्व मनाउने भएका छन् ।

किरात राई यायोक्खा बेलायतको आयोजनामा साकेला उभौली २०२४ मनाउने निर्णय भएको उपाध्यक्ष तथा कार्यक्रम संयोजक रि.क्या सुमनचन्द्र राईले बताए । किरात राई हाउस ग्याम्बललेन युकेमा बिहान ११ बजे कार्यक्रम सुरु हुनेछ ।

कार्यक्रममा उपस्थित हुन उनले युकेवासी किरात राई र गैरकिरात राई समुदायलाई अनुरोधसमेत गरे । किरात राई यायोक्खा बेलायतले गत वर्ष पनि मे ६ मा साकेला उभौली मनाएको थियो ।

‘मौलिकताको जगमा आधारित बृहत् एकता, सबै भाषिक किरात राईहरूको समान पहुँच र सहभागिता’ नारासहित स्थापना भएको संस्थाले बर्सेनी उभौली, उधौलीलगायत कार्यक्रम आयोजना गर्ने गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!