चर्चित गायिका आनीसँग नेपाली दूतावास लन्डनमा अन्तरक्रिया : ‘करुणाको भावले स्वास्थ्यमा सुधार ल्याउँछ’

SHARE:

लन्डन १५ मे २०२४ । आइतबार लन्डनस्थित नेपाली दूतावासमा आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै समाजसेवी आनी छोइङले मानिसहरु अहिले पैसा, पद र प्रतिष्ठाको पछाडि दौडीरहेको तर मनमा शान्ति भने पाउन नसकेको बताइन् । अहिले मानिसहरुमा डिप्रेशन, एक्लोपन जस्ता समस्या देखिएको भन्दै आनीले करुणाको अभावले नै त्यस्तो समस्या देखिएको बताइन् । ‘करुणाको भावले स्वास्थ्यमा सुधार ल्याउँछ र मनस्थिति सन्तुलित तुल्याउँछ,’ उनले भनिन् ।

सेवा र सत्कर्मबाट असहाय सडक आश्रित मानिसहरुको सेवा र स्याहार गर्ने संस्था मानव सेवा आश्रमको भवन बनाउन सहयोग जुटाउन हाल बेलायतको भ्रमणमा रहेकी आनी छोइङ्गले मानव सेवा आश्रम सेवा, सद्भाव र करुणाले भरिपूर्ण मन्दिर भएको बताइन् । “त्यहाँ स्वयंसेवी सबै युवा हुनु हुन्छ। उहाँहरुको सेवाभावबाट म अत्यन्तै प्रभावित भएँ । मानव सेवा आश्रमसँग जोडिन पाउँदा म साह्रै खुसी छु,” उनले भनिन् ।

मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले आउँदो दुई वर्ष (वि सं २०८२) भित्र ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल’ घोषणा गर्न आफु हरुले अनवरत काम गरिरहेको बताए । उनले २०६९ भाद्र १२ गते स्थापित मानव सेवा आश्रमले अहिले सम्म १० हजार जना भन्दा बढी बाबाआमाको उद्धार गरिसकेको बताए । उनले अहिले सातै प्रदेशका १९ जिल्लामा रहेका २४ ओटा सेवा केन्द्रहरुमा झन्डै १७०० बाबा आमा र बाबु नानीहरुलाई खाना, नाना, छाना र बालबालिकाको लागि पठनपाठनको व्यवस्था गरिएको जानकारी दिए ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा सामाजिक सेवाको भावना जगाउन मानव सेवा आश्रमले थालेको अभियान उदाहरणीय रहेको बताए। उनले यस्तो अभियानमा हातेमालो गर्न सबैलाई आग्रह गरे। “करुणा र दया हाम्रो पूर्वीय दर्शनको संदेश हो। सर्वप्रथम सडकमा जाने अवस्था रोक्न पनि हामीले काम गर्नु पर्‍यो,” राजदूत आचार्यले भने। उनले २०८२ मा सडक आश्रित मानवमुक्त नेपाल घोषणा गर्ने मानव सेवा आश्रमको अभियान सफल होस् भन्ने शुभकामना पनि दिए ।

मानव सेवा आश्रम युकेका सल्लाहकार शिवजी श्रेष्ठले स्वागत व्यक्त गरेको अन्तरक्रियाको संचालन लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले गरेकी थिइन् । आनी छोइङले गत साता नेपालमा मानव सेवा आश्रमको भवन निर्माण सहयोगार्थ आयोजित एक भव्य सांगीतिक समारोहमा प्रस्तुती दिएकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!