आउँदो जुन २९ मा तमु प्ये ल्हु संघ युकेको भेटघाट र समर बीबीक्यू, के के छन् आकर्षण ?

SHARE:

लन्डन २३ मे २०२४ । तमु प्ये ल्हु संघ युकेले यस वर्ष पनि गृष्मकालीन भेटघाट तथा समर बीबीक्यू कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी जुन २९ मा फार्नबोरोस्थित स्यामुएल कोडी स्पोर्टस् कलेजमा कार्यक्रम गर्ने निर्णय भएको संघका प्राविधिक इंद्रेश ङोप्छेले जानकारी दिए ।

संघले सो भेटघाटमा उपस्थित हुन बेलायतवासी सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरेको छ । सो अवसरमा खेगी (पच्यु र क्ल्हेप्री) हरूद्वारा मानव र जगत भलाइका लागि ग्रहशान्ति पूजा (छ्योप त्हेँ र थासोँ त्हेँ) समेत गरिने भएकाले शुभलाभ र ग्रहशान्तिमा सरिक भइदिन पनि अनुरोध गरिएको छ ।

यस्तै, कार्यक्रममा नगद तथा आकर्षक पुरस्कार सहित अन्तर भाइ खलक रस्साकस्सी, छेलोलगायत रमाइला खेल, बालबच्चाको बाउन्सी क्यासल, राफल ड्रजस्ता आकर्षण समावेश गरिएका छन् । नेपालदेखि आएका चर्चित कलाकार सबिना प्हच्यु तमु, तिलक प्ल्हेँ तमु र उषा प्ल्हेँ तमुसहित स्थानीय कलाकारको बेजोड सांगीतिक प्रस्तुति रहनेछ ।

यसैगरी, जिब्रो पड्काउने टिपनटापन, मिठो खाना र स्वादिलो सिजलिङ बीबीक्यू जस्ता मिष्टान्न परिकारको समेत व्यवस्था गरिनेछ । सांगीतिक प्रस्तुतिसहित खेलहरू र परिकारको स्वादमा रम्दै सपरिवार, आफन्त र इष्टमित्र भेटघाट गरी भलाकुसारी गर्ने अवसर रहेको संघले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!