किरात राई यायोक्खा युकेले भव्य रुपमा मनायो साकेला उभौली

SHARE:

नगेन्द्रराज नेम्बाङ
लन्डन २६ मे २०२४ । किरात राई यायोक्खा युकेले राई जातिहरुको महान् चाड साकेला उभौली भव्य रुपमा मनाएको छ ।
२५ मे शनिबार आफ्नै जग्गा गेम्बल लेनमा एक कार्यक्रम आयोजना गरी साकेला उभौली मनाइएको हो । कार्यक्रम चन्द्रबहादुर राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रमको सुरुआत नाक्छुङ किताब सेर राई, उपाध्यक्ष अनिता राईको नेतृत्वमा अध्यक्ष चन्द्रबहादुर राई, प्रमुख अथिति, उपस्थित सबै अथितिहरु मन्चबाट साकेला पूजा स्थलतिर गएर राई समुदायको लोकप्रिय साकेला नृत्यकासाथ प्रकृति भूमिमा पितृपूजा आराधना गरिएको थियो ।

अध्यक्ष चन्द्रबहादुर राई र प्रमुख अथिति गिल्ड्फोर्ड बोरो काउन्सिलका मेयर मेडम मेयरिस साल्ली बार्कर एमबिइलगायत विशेष अथितिहरु रसमोर बोरो काउन्सिलका मेयरिस मेडम मारा माकुनुरा, फोल्कस्टन टावरका मेयर मेडम अबेना अकुफो र एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरद्वारा संयुक्त रुपमा दिप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा अन्य अथितिहरु पूर्वकाउन्सिलर नेम थापा, पूर्वकाउन्सिलर जिव बेल्वासे, पूर्वकाउन्सिलर चित्रबहादुर राना, संस्थाका प्रमुख सल्लाहकार पदमबहादुर राई एमबीई, पूर्वअध्यक्षद्वय रामधन राई, भिम राई, किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष नरबिर आङ्बो, महासचिव जुरेन्द्र खजुम, तमु प्ये ल्हु संघ युकेका अध्यक्ष क्याप्टेन रिटायर्ड डेमबहादुर गुरुङ, मगर संघ युकेकी अध्यक्ष सिता पुन, धरान सेवा समाजका अध्यक्ष किरण सुब्बा, बीबीसी १०० प्रभावसाली महिला २०२२ कि सपना रोकामगर, सगरमाथा आरोही हरि बुढामगर, पत्रकारहरु बीएफबीएस गोर्खा रेडियोका मेनेजिङ डाइरेक्टर योगराज राई, विनेपालीका सम्पादक नरेश खपाङ्गीमगर, फोनिज युकेका अध्यक्ष सुर्य बंशीमगर, फोनिज युकेकी पूर्वअध्यक्ष गोमा राना, लन्डन नेपाल न्युजका शिव भण्डारी, नेपाली समाचारका सम्पादक विश्वासदीप तिगेला, एभरेस्ट टाइम्सका मेनेजिङ डाइरेक्टर नगेन्द्रराज नेम्बाङ, शितलपार्टीडटकमका बाचस्पति रेग्मीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अथिति स्याली बार्कर र विशेष अथिति प्रेम गाहामगरले धन्यवादसहित कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए भने अध्यक्ष चन्द्रबहादुर राईले कार्यक्रममा उपस्थित सबै महानुभावहरुलाई धन्यवाद दिँदै औपचारिक कार्यक्रम समापन गरेका थिए ।

चन्द्रबहादुर राईको अध्यक्षतामा सम्पन्न साकेला कार्यक्रम उपाध्यक्ष मे. रि. दिलकुमार राईले सेफ्टी ब्रीफ जानकारी गराएका थिए उपाध्यक्ष क्या. रि. सुमनचन्द्र राईले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रम महासचिव चन्द्रवती राई र उपमहासचिव प्रमिला लाबुङ राईले सन्चालन गरेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा राई जातभित्र रहेका विभिन्न भाषिक साकेला नृत्य प्रदर्शन गरिएको थियो । साकेला कार्यक्रममा उपस्थित राई समुदाय, गैरराई अथिति सबै जनाले साकेला नृत्य नाचेर भरपुर मनोरन्जन लिएका थिए।

 

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!