किरात याक्थुङ थामेन्दिङ्‍मा चुम्लुङ युकेको अध्यक्षमा मनमाया नेम्बाङ निर्विरोध

SHARE:

लन्डन २८ मे २०२४ । किरात याक्थुङ थामेन्दिङ्‍मा चुम्लुङ युकेको अध्यक्षमा मनमाया नेम्बाङ निर्विरोध चयन भएकी छन् ।

२५ मे २०२४ मा अश्फोर्ड केन्टमा भएको चौथो अधिवेशनले मनमायाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमिति अध्यक्षमा मनमाया, उपाध्यक्षमा नन्दशोभा नेम्बाङ, महासचिव शुभ नेम्बाङ, सचिव धनकुमारी थोक्लिहाङ, कोषाध्यक्ष गौरीमाया लिम्बु, सहकोषाध्यक्ष सरला काम्बङ चयन भएका छन् ।

सदस्यहरुमा सूर्य केरुङ, अनिता मादेन, सरिता लिम्बु, रिता फोम्बो छनोट भए । एकजना सदस्य थप्न बाँकी रहेको जनाइएको छ ।

अध्यक्षतामा भएको अधिवेशनमा प्रमुख अतिथि कियाचु युके केन्द्रीय उपाध्यक्ष अमृता पालुङ्वा, अतिथि सहकोषाध्याक्ष नरप्रसाद लिम्बु, विशेष अतिथिहरु कियाचु युके संस्थापक अध्यक्ष खड्गजङ आङबुहाङ, थामेन्दिङ्‌मा चुम्लुङ संस्थापक अध्यक्ष लिला सेलिङ माबो, उमा गुरुङ, सगरमाथा नेपाली महिला कमिटी अध्यक्ष, पाँचथर समाज सेवा युके अध्यक्ष शान्ति लिम्बु, कियाचु पूर्वअध्यक्ष काजिमान यक्सो थिए ।

त्यसैगरी नेपाल आदिवासी जनजाती महासंघ युके महासचिव तथा गोर्खा च्यानलबाट बिमला सेने, कियाचु विदेश विभाग ( मङेगेना चुम्लुङ संथापक अध्यक्ष) कमला लिम्बु,रसमूर शाखाका पूर्वउपाध्यक्ष रोमियन लिम्बु लिङ्देन, कियाचु तूके पूर्वउपाध्यक्ष गणेश इजम, पूर्वमहासचिव विजय बिक्रम लिङ्देन, लिम्बुवान नागरिक एकता समाज अध्यक्ष छत्र वनेम, लेखक पत्रकार कृष्णकुमार हेम्ब्या, थमेन्दिङमा (महिला) शाखा अध्यक्षहरु सूर्य केरुङ (वेल्स), राधा तुम्बहाम्फे (रेडिङ), कमला लिम्बु (ग्रेटर लन्डन) साथै धेरै सदस्यहरुको उपस्थिति थियो ।

चुम्लुङ शाखाका अध्यक्षहरु, अश्फोर्ड शाखा अध्यक्ष, सोदिप थोप्रा, अश्फर्ड शाखा पूर्वअध्यक्ष टंक येङ्देन, पूर्ण मादेन फोक्स्टोन शाखा अध्यक्ष ज्ञान लिम्बू, ग्रेस शाखा अध्यक्ष लक्ष्मी लाबुङलगायतको उल्लेख्य सहभागित थियो ।

कार्यक्रमको पहिलो सत्रको अध्यक्षता अध्यक्ष युमा लिम्बुले गरेकी थिइन् भने कार्यक्रम संस्थाका महासचिव शकुन्तला नेम्बाङले सञ्चालन गरेकी थिइन् ।

बन्दसत्रको अध्यक्ष मण्डल काजीमान याक्सोको अध्यक्षतामा विजयबिक्रम लिङ्देन, शान्ति लिम्बु थिए भने निर्वाचन संयोजक बिमला सेने साथमा लिला सेलिङ, दुर्गा पाङमा रहेका थिए ।

यसैगरी महिला कमिटी थामेन्दिङमाले ८ बुँदे नियमावली हलबाट बहुमतले पास भएपछि कार्यसमिति चयन गरिएको थियो । थामेन्दिङमाबाट केन्द्रीय कार्यसमितिमा जाने उपाध्यक्ष र सहसचिव पदमा सानु सुब्बा र सहसचिवमा शकुन्तला नेम्बाङलाई चयन गरेको छ ।

युमा लिम्बुको लामो समयसम्मको अध्यक्षता र कार्यसमितिले धेरै दु:ख गरी कमिटी अगाडि बढाउने काम गरेकोमा धन्यवाद र नवनिर्वाचित अध्यक्ष मनमाया नेम्बाङलगायत सबै कार्यसमितिलाई बधाई अनि कार्यकाल सफलताको शुभकामना दिइएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!