यसरी मनायो बीसीसी युकेले बुद्ध जयन्ती

SHARE:

लण्डन २९ मे २०२४ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले विविध कार्यक्रमका साथ २५६८ औं बुद्ध जयन्ती मनाएको छ । गत २३ मे,  बिहिबारका दिन अल्डरसटस्थित एम्पायर हलमा मनाइएको हो ।
काठमाण्डौं बौद्धस्थित सेचेन गुम्बाका श्रद्धेय हिज होलिनेश दिल्गो क्याब्जे खेन्चे याङ्सी रिन्पोछे, बेलायतका लागि नेपाली राजदूत ज्ञान चन्द्र आचार्य, स्थानीय रस्मोर बोरो काउन्सिलका मेयरको बिशेष उपस्थितिमा मनाइएको उक्त कार्यक्रममा काउन्सिलर, विभिन्न धार्मिक, सामाजिक एवं परोपकारी संघसंस्थाका प्रतिनिधि, समाजसेवी, उद्यमी, व्यापारीलगायत भक्तजनहरुको सहभागिता रहेको थियो ।
दुई चरणमा आयोजना गरिएको उक्त २३ मे  बिहिबार बिहान ८.३० देखि १० बजेसम्म अल्डरसटस्थित बीसीसी गुम्बामा गुम्बाका प्रम्ुख लामा खेन्पो कर्म छुल्त्रिम, लोपेन नोर्बु, लोपेन दावालगायत गुरुहरुले बुद्ध साधना पूजा गरेका थिए ।  त्यस्तै, दोस्रो चरणमा सोही दिन बिहान ११ बजेदेखि एम्पायर हलमा हिज होलिनेश खेन्चे याङ्सी रिन्पोछेले आयुको (लङ्ग लाईफ) को बिशेषता र महत्वबारे प्रवचन दिएका थिए । साथै, उनले कार्यक्रमको अन्त्यमा सहभागी भक्तजनहरुलाई आयुको अभिषेक (वाङ्ग) दिएका थिए ।
त्यस्तै, बेलायतका लागि नेपाली राजदूत ज्ञान चन्द्र आचार्य  र स्थानीय मेयरेस काउन्सिलर मारा मुकुनुराले शुभकामना मन्तब्य दिएका थिए ।
कार्यक्रममा बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङले स्वागत मन्तव्य प्रकट गर्दै, “बैषाख पूर्णिमाका दिन भगवान बुद्ध जन्मेको दिन, ज्ञान प्राप्त गरेको र परिनिर्वाण भएको दिन हो”, भन्दै, बुद्ध जयन्तीको पावन अवसरमा सबैमा सुस्वास्थ्य, दिर्घायू र सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरे । त्यस्तै, बीसीसी युकेका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक आङ्गदावा शेर्पाले कार्यक्रमको अन्त्यमा श्रद्धेय गुरु यान्सी रिन्पोछे, नेपाली राजदूत आचार्यलगायत सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
बीसीसी युकेले हालै बनाएको १ केजी तौलको सुनको बत्तीको उद्घाटन समेत गरिएको सो कार्यक्रममा बीसीसी युके अध्यक्ष हर्क बहादुर गुरुङ, आमा प्रमुख जगना गुरुङलगायत कार्यसमिति, आमाहरुले मण्डल अर्पण गरेका थिए ।
त्यस्तै, हालै बीसीसी युकेको ट्रष्टी मेम्बर्स लिएका सदस्यहरुलाई सदस्यताको प्रमाण पत्र वितरण गरेका थिए । जसलाई बीसीसी युकेका प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङले संयोजन गरेका थिए ।
बीसीसी युकेका अध्यक्ष हर्क गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष क्याप्टेन देब घलेले हिज होलिनेश यान्सी रिन्पोछेको बारेमा जानकारी गराएका थिए । त्यस्तै, बीसीसी युके महासचिव मेजर हितमान गुरुङ र आमा सचिव तुल्सी घलेले औपचारिक कार्यक्रमको संचालन गरेका थिए ।
उक्त बुद्ध जयन्तीलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि बीसीसी युकेको सिंगो कार्यसमिति, आमाहरु र सल्लाहकारहरु  बिशेष भूमिका खेलेका थिए ।
त्यस्तै, बीसीसी युके लण्डन ब्रान्चले हिज होलिनेश खेन्चे याङ्सी रिन्पोछेको बिशेष उपस्थिति र लण्डन क्षेत्रका भक्तजनहरुका सहभागितामा गत शनिबार २५ मे का दिन फेल्थाममा विविध कार्यक्रमका साथ बुद्ध जयन्ती मनाएको छ । त्यस्तै, आइतबार २६ मे का साँझ बीसीसी युकेको हालै अल्डरसट गुम्बा परिसरमा निर्माण भएको बत्ती घरको उद्घाटन संगसंगै झिन्सेक पूजा सम्पन्न भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!