नुवाकोटमा हेलिकप्टर दुर्घटना, पाइलटसहित ६ को मृत्यु

SHARE:

काठमाडौं । गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भएको अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना हुँदा पाइटलसहित ६ जनाको मृत्यु भएको छ । एक जना जिवितै भेटिएका छन् । जीवितै भेटिएकी डोल्मा आनीको भने उद्धार प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले पनि र्सुन्चेत भन्ने स्थानमा दुर्घटनाग्रस्त हेलिकोप्टर भेट्टाएको पुष्टि गरे । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक थिए ।

स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्मा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् । जापानी नागरिक कोमात्सुको पासपोर्ट नम्बर TK 713612068 हो ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!