गोर्खाज् इन्टेक १९८५ को वार्षिक भेटघाट १५ जुनमा, मनमाया र राजुले रमझम गराउने

SHARE:

लन्डन ९ जुन २०२४ । गोर्खाज् इन्टेक १९८५ को वार्षिक हिउँदे भेटघाट कार्यक्रम यही जुन १५ तारिखमा हुँदैछ ।

बेसिङस्टोकस्थित एल्डवर्थ स्कुल, वेस्टर्न वेमा हुने कार्यक्रमलाई भव्य र सभ्य बनाउन आफूहरू लागिपरेको संस्थाका महासचिव विजय गुरुङले जानकारी दिए । उक्त दिनलाई संस्थाको एक मात्र बृहत् नम्बरी परिवारबीच भेटघाट गरी दु:खसुख साटासाट र भलाकुसारी गर्दै रमाइलो गर्ने दिनका रूपमा लिइएको छ ।

कार्यक्रममा लोकप्रिय कार्यक्रम इन्द्रेणीका कलाकार मनमाया वाइबा र राजु आरडी सुनारले सांगीतिक प्रस्तुतिका साथ भरपुर मनोरञ्जन दिलाउनेछन् । सो अवसरमा कार्यसमितिका पदाधिकारी तथा सदस्यसहित संस्थापक, सल्लाहकार, क्षेत्रीय संयोजकहरू, ४०औँ वार्षिकोत्सव विशेष समितिका पदाधिकारी तथा नम्बरीलगायत सहभागी हुनेछन् ।

संस्थाको आगामी वर्ष नेपालमा हुने ४०औँ वार्षिकोत्सवबारे छलफलका साथै सम्मान कार्यक्रम पनि राखिएको छ । वार्षिकोत्सवका लागि हालसम्म भएको तयारीबारे जानकारी तथा नम्बरीबीच भद्र सहमति गर्दै वार्षिकोत्सव सफल पार्न थप छलफलसमेत हुनेछ । ४०औँ वार्षिकोत्सवमा उपस्थित हुन नसक्ने नम्बरीका लागि पनि अहिले भेटघाट राखिएको महासचिव गुरुङले जानकारी दिए ।

हिउँदे भेटघाट पार्टीमा सहभागी हुनका लागि शुल्क डोर पेमेन्टबाट २७ पाउन्ड तथा अनलाइन पेमेन्ट गरे २५ पाउन्ड तोकिएको छ । यस्तै, सम्मानका लागि नम्बरी परिवारबाट कुनै समाजको अध्यक्ष, छोराछोरीले विशिष्ट शैक्षिक योग्यता हासिल या पदोन्नति हासिल गरेका भए जानकारी गराउन पनि अनुरोध गरिएको छ । जसका लागि नाम पठाउने समय १३ जुनसम्म मात्र तोकिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!