
लन्डन १० जुन २०२४ । किरात बान्तावा रुङमाहाङ राई वातुङ समिति युकेको अध्यक्षमा विनोदकुमार राई चयन भएका छन् ।
शनिबार किरात राई हाउस ग्याम्बल्स लेनमा सम्पन्न साधारणसभा तथा अधिवेशनले विनोदकुमार राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा पोपिराज राई, सचिवमा भूमिराज राई, कोषाध्यक्षमा रञ्जित राई, सहसचिवमा किरण राई, सहकोषाध्यक्ष निर्मल राई रहेका छन् ।
यसैगरी, सदस्यहरूमा पूजा बान्तवा, तायाहाङ्मा राई, मिलन राई, दिपेन राई, दिवाहाङ राई, झण्ड राई र रबिन राई चयन भएका छन् । सल्लाहकारमा, जंगराज राई, युद्धराज राई र छेत्रकला राई रहेका छन् ।
कार्यक्रममा निवर्तमान उपाध्यक्ष विनोदकुमार राईले स्वागत मन्तव्य राखेका थिए । कोरोना महामारीका कारण झन्डै ६ बर्से लामो कार्यकाल पूरा गरी युद्धराज राई नेतृत्वको कार्यसमितिले प्रतिवेदन प्रस्तुत गरेपछि सर्वसम्मत रूपमा पारित भएको थियो ।
नवनिर्वाचित अध्यक्ष राईले कठिन समयमा वंशीय वातुङलाई यहाँसम्म सफलतापूर्वक ल्याएर जिम्मेवारी सुम्पिएकामा अघिल्लो समितिलाई धन्यवाद दिए । साथै उनले उपलब्धिमूलक कार्य गर्न सघाउने युके वातुङका वंश, छोरीचेली तथा ज्वाईंचेला सम्पूर्णप्रति कृतज्ञता प्रकट गरे ।






