
लन्डन ११ जुन २०२४ । तनहुँ समाज युकेको ग्रीष्मकालीन वार्षिक भेटघाट यही जुन २२ शनिबार हुने भएको छ ।
फार्नबोरोस्थित सामुयल कोडी स्पोर्ट्स कलेजमा हुने भेटघाटमा सांगीतिक प्रस्तुति लगायत हुनेछन् । कार्यक्रममा नेपालबाट आएका कलाकारहरू राजु ढकाल, सम्झना लामिछाने र सविता परियारले गाउने छन् भने अस्मिता रानाले नृत्य प्रस्तुत गर्ने आयोजकले जनाएको छ । सा
थमा बेलायतमै रहेका तनहुँका चर्चित कलाकारहरू मनसुधन थापा, पवन रानाले पनि कार्यक्रमलाई मनोरन्जनात्मक बनाउने छन् । बेलायतका स्थानीय कलाकारहरू सविता राना, रोनिशा आलेले पनि कार्यक्रममा प्रस्तुति दिने बताइएको छ ।
तनहुँ समाज युकेले हरेक वर्षको समरमा बेलायतमा रहेका तनहुँबासीहरुबीच वार्षिक भेला आयोजना गर्दै आएको छ । यसवर्षको भेला १७औँ भेला रहेको अध्यक्ष केशरबहादुर रानाले बताए ।






