पात्लेखेत वाखेत समाज युकेको पहिलो भेटघाट कार्यक्रम सम्पन्न

SHARE:

ओम रोका मगर
लन्डन । पात्लेखेत वाखेत समाज युकेको पहिलो भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार ८ जुन २०२४ मा स्यान्डहर्स्ट कम्युनिटी हलमा समाजको भेटघाट कार्यक्रम सम्पन्न भएको हो । म्याग्दी जिल्लाको पात्लेखेत वाखेत गाउँबाट आएर युकेका विभिन्न ठाउँमा छरिएर बसेका सम्पूर्ण गाउँले दाजुभाइ तथा दिदीबहिनी र छोरी चेलीबेटीहरुलाई एक ठाउँमा भेला गराई चिनजान गर्न सफल भएका र केही छोरीचेलीहरुले धेरै समयपछि एकआपसमा भेट नहुँदा खुसीको आँसु झरेका थिए ।

कार्यक्रमको उद्घोषण दिनेश रोका र नुनु थापा पाईजाले गरेका थिए । म्याग्दी बेनी नगरपालिका वार्ड नम्बर १० मा दुइटा गाउँहरु पात्लेखेत र वाखेत मिलेर बनेको छ । त्यसैको आधारमा पात्लेखेत वाखेत समाज युके स्थापना गरिएको हो ।

भेटघाट कार्यक्रमबाट चियरपर्सनमा ओम रोका मगर, क्षेत्रीय प्रतिनिधिमा रिम रोका, सुनिल पुन, विकाश राम्जाली, ईश्वर गर्बुजा, भिम राम्जाली र ठाकुर बुढाथोकी चयनभएका छन् । भविष्यमा आवश्यकताअनुसार कार्यसमिति विस्तार गरिने जनाइएको छ । समाजको पहिलो कार्यक्रममा युवाहरुको पनि ठूलो भूमिका र सहयोग रहेको आयोजकले जनाएको छ ।

म्युजिकमा दिवान रोका र उमेश थजाली थिए भने क्यामेरामेनमा अमित राम्जाली र टंक राम्जाली, डेकुरेसन (सजावट) मा जानकी पुन रोका, उद्घोषक तथा साँस्कृतिक कार्यक्रममा दिनेश रोका र नुनु थापा पाईजाले भूमिका निर्वाह गरेका थिए ।

यस्तै कार्यक्रममा नृत्यमा एनि रोका, अन्जना पाईजा र नृत्य तथा हास्यकलाकारमा जंग थजाली, गीतमा दिवान रोका र लियोना शेर्पुन्जा साथै नेपालदेखि आएका दुईजना राष्ट्रिय लोक दोहोरी गायिकाहरु ललिता पुन र कुमारी चेपाङले आफ्नो प्रस्तुति दिएर त्यो क्षणलाई अत्यन्तै मनोरञ्जनात्मक बनाएका थिए ।

भेटघाट कार्यक्रम सफल बनाउनमा अध्यक्ष रोका, संयोजकहरु क्याप्टेन किशोर रोका, राम राम्जाली र जंग थजालीलगायत सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी साथै छोराछोरीहरुको उत्तिकै सहयोग र भूमिका रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!