बेलायतमा भूपू गोर्खाहरुका पेन्सन तथा कल्याणकारी विषयमा त्रिपक्षीय छलफल

SHARE:

लन्डन १२ जुन २०२४ । बेलायतमा भूपू गोर्खाहरुका पेन्सन तथा कल्याणकारी विषयहरुमा त्रिपक्षीय छलफल भएको छ ।

मंगलबार बेलायती रक्षा मन्त्रालयमा भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरुको सहभागितामा प्राविधिकस्तरको बैठक सम्पन्न भएको नेपाली राजदूतावास, लन्डनले जनाएको छ । दूतावासले जारी गरेको विज्ञप्तिअनुसार बैठकमा भूपू गोर्खाहरुका माग मुख्यतया पेन्सन तथा कल्याणकारी विषयहरुमा छलफल भएको थियो ।

बेलायती रक्षा मन्त्रालयले भूपू गोर्खाहरुले उठाएका विषयहरुमा आन्तरिक छलफल गरी आगामी बैठकहरुमा जानकारी गराउने आश्वासन दिएको छ ।

बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी महासेनानी अनुप शाह तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट मेजर (अ.प्रा.) श्री जुदबहादुर गुरुङ, मेजर (अ.प्रा.)उदयबहादुर गुरुङ, मेजर (अ.प्रा.) टिकेन्द्र दल देवान, कृष्णकुमार राई, धर्मबहादुर तामाङ तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको सहभागिता रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!