पाँचथर समाज सेवा युकेको आज वार्षिक भेला तथा सम्मान

SHARE:

लन्डन १५ जुन २०२४ । पाँचथर समाज सेवा युकेको वार्षिक भेला तथा सम्मान शनिबार (१५ जुन) मा हुँदैछ ।

कार्यक्रम फार्नबोरोस्थित सामुएल कोडी स्कुलमा बिहान ११ देखि बेलुका ९ बजेसम्म सञ्चालन हुनेछ । सो अवसरमा पाँचथर घर भएर बेलायतमा रहेकाहरूको जमघट, भेटघाटका साथै सम्मान कार्यक्रम हुनेछ ।

कार्यक्रममा ‘कस्तुरी यात्रा’ पुस्तक लोकार्पण गरिंदैछ । लोकार्पण हुन लागेको कस्तुरी यात्रा पाँचथर समाज सेवा युकेकी अध्यक्ष तथा साहित्यकार शान्ति लिम्बुको चौथो कृति हो । कृतिमा हाइकु, मुक्त र गीत समावेश गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपाल रहनेछन् । कार्यक्रममा चर्चित गायक तारा लक्समले सांगीतिक प्रस्तुति दिनेछन् ।

कार्यक्रममा उपस्थित भएर शोभा बढाइदिन अध्यक्ष लिम्बूले अनुरोधसमेत गरेकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!