नयाँ नेतृत्व चयनका लागि जनजाति महासंघ बेलायतको आज पाँचौं महाधिवेशन

SHARE:

लन्डन १६ जुन २०२४ । नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन युके) को पाँचौं महाधिवेशन आज हुँदैछ ।

तमु धीं भवन मिचेटमा बिहान ११ बजेदेखि महाधिवेशन सुरु हुने अध्यक्ष कर्मा पहाडी शेर्पाले जानकारी दिए । नेपाली दुतावास लन्डनका प्रतिनिधिको प्रमुख आतिथ्यतामा हुने महाधिवेशन तीन चरणमा हुनेछ । उद्घाटन सत्र, बन्दसत्र र घोषणासभा हुनेछन् ।

महाधिवेशनका लागि सल्लाहकार एकेन्द्र गुरुङ प्रमुख आयुक्त रहेको निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समिति सदस्यमा निवर्तमान अध्यक्षहरू ले. श्रीप्रसाद लिम्बू, जंग सुनुवार, सल्लाहकारहरू विश्वासदीप तिगेला र दुत पुन छन् । नेफिन युकेको नयाँ अध्यक्षका लागि दुई जना आकांक्षी रहेको जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!