याक्थुङ कुसा चुम्भोको अध्यक्षमा हाङमा लावती चयन

SHARE:

युके चुम्लुङको विधान संशोधन प्रस्ताव

चन्द्र गोपाल
लन्डन २ जुन २०२४ । याक्थुङ कुसा चुम्भो यूकेको प्रथम सम्मेलन शनिबार २९ तारिख चुम्लुङदेनको चुम्लुङहिम, मेडिस्टन केन्टमा सम्पन्न भएको छ ।

किरात याक्थुङ चुम्लुङ यूकेको भ्रातृसंस्था भनिएको कुसा चुम्भोको प्रथम सम्मेलनले हाङमा लावतीलाई अध्यक्षमा निर्वाचित गरेको छ । चुम्लुङको उपाध्यक्ष अमृता पालुङवा अध्यक्ष, महासचिव जुरेन्द्र खजुम सचिव र सहकोषाध्यक्ष जीवन प्यारा मादेन सदस्य रहेको निर्वाचन समितिले २६ सदस्यीय कार्यसमिति निर्वाचित भएको घोषणा गरेको छ ।

निर्वाचित हुने उपाध्यक्षहरु दीपा योङ्या, सन्देश नेम्बाङ, किशन यक्सो, सचिव सुरेन्द्र थेबे, सहसचिव सुल्तान इधिङ्गो, कोषाध्यक्ष शुभ नेम्बाङ, प्रचारप्रसार तथा मिडिया प्रमुख मोहन साम्बा, युवा तथा विद्यार्थी सम्पर्क प्रमुख भुवन बोखिम, शैक्षिक तथा प्रकाशन प्रमुख निर्मल मास्वा, भाषालिपि तथा सांस्कृतिक प्रमुख कल्पना थेगिम, कार्यकारी सदस्यहरु शिखर सम्बाहाङ्फे, डाक्टर दिपेन लिम्बु, लोचन लिम्बु, सिक्कुम चोङबाङ, अच्बिन सवेनहिम् लिम्बु, जिवन सेर्मा, अन्मोल खिम्दिङ, डाक्टर रस्मा लिम्बु, रेखा लिम्बु, डेनिस पालुङ्वा, मुक्ति लिम्बु, रेस्मि लिम्बु, सुनम लाबुङ, केइहाङ लिम्बु, टेक माबोहाङ र ललित खोयाहाङ रहेका छन् ।

किरात याक्थुङ चुम्लुङ युकेका केन्द्रीय अध्यक्ष नरबिर आङ्बो प्रमुख अतिथि रहेको सम्मेलनको बन्द सत्रले हाङमा लावतीको सांगठानिक प्रतिवेदन, लाहाङ चेम्जोङले प्रस्तुत गरेको नियमावली र शुभ नेम्बाङको आर्थिक प्रतिवेदनमा उठेका सुझावहरुलाई समावेश गर्दै पारित गरेको छ । सम्मेलनले चुम्भोको नियमावलीमा भएका चुम्लुङको विधानसँग बाझिएका केही विषयहरुमा संशोधन प्रस्ताव हाल्ने निर्णय पनि गरेको छ ।

याक्थुङ कुसा चुम्भोको नाम संशोधन गरेर याक्थुङ वेन्सा चुम्भो बनाउनुपर्ने प्रस्ताव गरिएको छ । युवाहरुको उमेर समूह १८ देखि ३५ वर्षलाई बढाएर ४० वर्ष कायम गर्नुपर्ने, चुम्भोको सदस्यहरुलाई चुम्लुङको शाखाहरुमा पदेन सदस्य हुने व्यवस्था गरिनुपर्ने, चुम्भोले सदस्यता वितरण गर्न पाउनुपर्ने लगायतका विषयमा संशोधन प्रस्ताव गरेको छ ।

याक्थुङ कुसा चुम्भोलाई संस्थापन गर्न विशेष सहयोग गर्ने चारजना व्याक्तिहरुलाई प्रशंसापत्रले सम्मान गरिएको छ । सम्मानित व्याक्तिहरु दिलसिङ मेन्याङबो, विस्वासदिप तिगेला, विजय पयाङगु र दिप्शन लिम्बु रहेका छन् ।

 

चुम्लुङका सहकोषाध्यक्ष नर सवेन्हिम्, केन्द्रीय सलाहकारहरु पदम आङ्बुहाङ, ईश्वर आङ्बुहाङ, रत्न लाबुङ, नरकुमारी लिम्बु, ओभरसिज प्रमुख कमला सेन्दाङ, केस टंक येङदेन, शाखा अध्यक्षहरु बिरनर्सिङ चोङबाङ, थामेन्दिङ्मा चुम्लुङ अध्यक्ष मनमाया नेम्बाङ, पूर्वउपाध्यक्ष नगेन्द्रराज नेम्बाङ, पूर्वमहासचिवहरु गणेश इजम, छत्र वनेम, बिजयबिक्रम लिङ्देन, पूर्वसचिव बिस्वासदीप तिगेलालगायत अतिथिहरुको पनि उपस्थिति रहेको थियो ।

संयोजक लाहाङ चेम्जोङको अध्यक्षता र सुरेन्द्र थेबेले सन्चालन गरेको खुलासत्रमा सहसंयोजक टिका मादेनले स्वागत मन्तव्य राखेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!