बेलायतमा व्यवसायी ५२ वर्षीय फत्त थापाको निधन

SHARE:

लन्डन ४ जुलाङ २०२४ । बेलायतवासी व्यवसायी ५२ वर्षीय फत्त थापाको निधन भएको छ ।

साउथ इष्ट लन्डनको एल्थाममा निवासी थापाको सोमबार बेलुका निधन भएको गुल्मी जिल्ला समाज यूकेलेका अध्यक्ष रूद्र थापाले जानकारी दिए । फत्तक‍ो हृदयाघातबाट मृत्यु भएको बुझिएको छ । दिवंगत थापाका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

थापा गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नं २ (साबिक हस्तिचौर गाविस ५) ताल्तुङमा सन् १९७२ मा जन्मिएका थिए । सामाजिक क्षेत्रमा समेत विशेष रुची राख्ने स्वर्गीय थापाको खास लगाव र सक्रियता गुल्मी जिल्ला समाज यूकेमा थियो । समाजका संस्थापक सचिव रहेका उनी त्यसयता लगातार एक सक्रिय सल्लाहकारको भूमिकामा थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!