बेलायतको आमनिर्वाचन : लेबर पार्टीले पायो बहुमत

SHARE:


लन्डन ५ जुलाई २०२४ । बेलायतको आमनिर्वाचनमा विपक्षी दल लेबर पार्टीलाई बहुमत प्राप्त गरेको छ ।

बिहीबार सम्पन्न मतदानको मतदानको जारी मतगणनामा पछिल्लो मतपरिणाम अनुसार लेबर पार्टीले ६५० सिटमध्ये ४ सय ६ सिट जितिसकेको छ । त्यस्तै प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पार्टीले १ सय १२ सिटमा जित हासिल गरेको छ ।

सर्वेक्षणहरुले ६५० संसदीय सीटमध्ये लेबर पार्टीले ४ सयभन्दा बढी जित्ने अनुमान गरिएको थियो । निर्वाचनको अन्तिम परिणाम आजै आउने अपेक्षा गरिएको छ । लेबर पार्टीका नेता सर केयर स्टार्मर प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।

बिहीबार भएको निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको थियो । पछिल्लो परिणाम अनुसार स्कटिस नेसनल पार्टीले ८ सीट, लिबरल डेमोक्र्याट पार्टीले ६९ र अन्य पार्टीले २६ सिट जितेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!