बेलायतको नयाँ प्रधानमन्त्री बने किअर स्टार्मर

SHARE:

लन्डन ५ जुलाई २०२४ । बेलायतमा लेबर पार्टीका नेता किअर स्टार्मर नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

बिहीबार सम्पन्न आमनिर्वाचनमा भारी बहुमत पाएको लेबर पार्टी स्टार्मर प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनको पार्टीले ४ सय १२ सीट प्राप्त गर्‍यो । कन्जरभेटिभ पार्टीका नेता प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार बकिङ्घम प्यालेसमा राजा चार्ल्ससमक्ष आफ्नो राजीनामा बुझाएपछि राजाले स्टार्मरलाई प्रधानमन्त्री नियुक्त गर्दै अर्को सरकार बनाउन आमन्त्रित गरेका थिए ।

प्रधानमन्त्रीको नियुक्ति लिएपछि स्टार्मर टेन डाउनिङ स्ट्रीटस्थित प्रधानमन्त्री कार्यालय गएर राष्ट्रका नाममा सम्बोधन गरे । निर्वाचनबाट बेलायती संसद् हाउस अफ कमन्समा प्रतिनिधित्व गर्ने ६ सय ५० सांसद निर्वाचित भएका छन् । सरकार बनाउन ३ सय २६ सिट आवश्यक हुन्छ । कन्जरभेटिभले १ सय २१ सिटमात्र जित्यो । लिबरल डेमोक्र्याटले ७१ सिट जितेको छ । स्कटिस नेशनल पार्टीले ९ सिटमा मात्र जित्यो भने सिन फेनले ७, इन्डिपेन्डेन्ट ६, डेमोक्र्याटिक यूनिअनिस्ट पार्टी ५, रिफर्म यूके ४ सिट, प्लेड क्यामरु ४, ग्रीन्सले २ र अन्यले १९ सिट प्राप्त गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!